Skip to main content

Batauli News

Advertisement

Blog

मनोज केसी बने आईजीपी

मनोज केसी बने आईजीपी

काठमाण्डाै । सरकारले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ ।आज बसेकाे मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर एआईजी मनोज केसीलाई आईजीपी बनाउने निर्णय गरेको हो । बैठकले आईजीपी कार्कीलाई प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको छ । एआईजी मनोज केसी अहिले नेपाल प्रहरीको अपराध अनुसन्धान विभागमा कार्यरत हुनुहुन्छ ।यसअघि आईजीपी कार्कीलाई सरकारले हटाउन चाहेको समाचार प्रकाशित भएको थियो । त्यही समाचरको स्रोत खोज्दै प्रहरी सञ्चारमाध्यममा प्रवेश गरेको थियो ।कार्कीले गएको कात्तिक २७ गतेदेखि महानिरीक्षकको कार्यभार सम्हाल्नुभएको थियो । सरकारले आईजीपी कार्कीलाई जिम्मेवारीबाट हटाउनुको स्पष्ट कारण भनेको…
Read More
सरकारले दानबहादुरलाई कारबाही गरेको होइन : प्रवक्ता

सरकारले दानबहादुरलाई कारबाही गरेको होइन : प्रवक्ता

काठमाण्डाै । सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बहालवाला प्रहरी महानिरीक्षक (आईजीपी) को जिम्मेवारी हेरफेरलाई कारबाहीका रूपमा बुझ्न नहुने बताउनुभएको छ । आज बसेकाे मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता पाेखरेलले आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारका रूपमा जिम्मेवारी दिइएको र नयाँ आईजीपी नियुक्त भइसकेकाले यसलाई सामान्य जिम्मेवारी हेरफेरका रूपमा मात्र बुझ्नुपर्ने उल्लेख गर्नुभयाे ।उहाँले भन्नुभयाे, ‘बहालवाला प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरको विषयलाई कारबाहीका रूपमा बुझ्नु हुँदैन । उहाँलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएकाे छ ।’मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीकाे अनुसन्धान विभागमा कार्यरत अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई आईजीपी बनाउने निर्णय गरेको हाे । यस्तै प्रवक्ता पाेखरेलले बिचौलिया इनम सापकोटाको मोबाइल फरेन्सिक…
Read More
पूर्वप्रधानमन्त्री नेपाल र मन्त्री रिजालविरुद्ध भ्रष्टाचार मुद्धा

पूर्वप्रधानमन्त्री नेपाल र मन्त्री रिजालविरुद्ध भ्रष्टाचार मुद्धा

काठमाण्डाै । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । मोरङमा रहेको रिजाल क्यानिङ एन्ड कम्पनीको हदबन्दी छुटको जग्गा सट्टापट्टा गरी बिक्री गर्ने प्रक्रियामा सरकारी सम्पत्तिमा हानि–नोक्सानी पुर्‍याएको आरोपमा अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो कायम गरी प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरेको छ । मुद्दा दायर भएका ९७ मध्ये ५३ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।यो प्रकरण तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले २०६६ सालमा गरेको जग्गा सट्टापट्टासम्बन्धी निर्णयसँग सम्बन्धित छ…
Read More

भाइटीकाको शुभसाइत २५ गते बिहान ११ बजेर ७ मिनेटमा

काठमाण्डाै । यस वर्षको तिहारअन्तर्गत भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक तथा उपसचिव घनश्याम भुसालका अनुसार २०८३ सालको भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटमा उत्तम साइतका रूपमा निर्धारण गरिएको हो । यस वर्ष यमपञ्चकका पर्वहरू कात्तिक २० गते शुक्रवारदेखि शुरू हुनेछन् । २० गते धनत्रयोदशी अर्थात् धनतेरस र यमदीपदान गरिनेछ । कात्तिक २१ गते काग तिहार तथा धन्वन्तरी जयन्ती मनाइनेछ । त्यस्तै कात्तिक २२ गते नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ ।कात्तिक २३ गते गाईपूजा गरिनेछ भने कात्तिक २४ गते गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा…
Read More
काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।आज (मङ्गलबार) मङ्सिर १७ गते बिहान करिब ८ः११ बजेतिर फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनाका बेला फिस्टेल एयरको हेलिकप्टरमा चालक दलका सदस्यसहित तीन जना सवार थिए । दुर्घटनामा भारतको तमिलनाडु राज्यस्थित चेन्नई निवासी अन्दाजी ४७ वर्षीय वसन्तकुमार बलरामुडुको घटनास्थलमै मृत्यु भएको हो । मृतकको शव प्रभु एयरको हेलिकप्टरमार्फत लुक्लास्थित बिसुगार्ड ल्याइएको छ ।दुर्घटनामा घाइते हुनेमा न्युजिल्यान्ड निवासी अन्दाजी ४९ वर्षीय सेलिशकुमार पटेल, फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति…
Read More
बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र छठ पर्वलाई लक्ष्यीत गरेर आयोजना गरिएको मेलामा टिभिएसले जुनसुकै मोटरसाईकलको एक्सचेन्जमा अचम्मैको अफर ल्याएको हो । टिभिएसले यो चार्ड पर्वमा टिभिएसको गोल्डेन कि तपाईको हातमा अफर ल्याएको हो । महाएक्सचेन्ज मेला सय प्रतिशत क्यासब्याक, गोल्डेन कि, दश लाख उपहार पाउने योजनालाई ल्याएको बालाजी अटो मोवाईल्स बुटवलले जानकारी दिएको छ । एक्सचेन्ज मेलामा जानेहरुलाई पाँच वर्षको फ्रिसर्भिस, नागरिकता र लाईसेन्सको भरमा फटाफट फाईनान्स लगायतका योजनाहरु अगाडी सारेको कम्पनीले जनाएको छ । बुटवलको भाटभटेनीमा कार्तिक १५ देखि २२ गतेसम्म चल्ने महाएक्सचेन्ज मेलामा टिभिएसका…
Read More
कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

बुटवल। कसौधन समुदायका सदस्यहरूले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन्। कसौधन सेवा समिति, महिला समिति र युवा समितिको आयोजनामा भएको कार्यक्रममा कसौधन सेवा समिति, कसौधन महिला समिति र युवा समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले एकआपसमा शुभकामना आदानप्रदान गर्दै कसौधन समुदायबीचको एकता, सद्भाव र भाइचारालाई अझ मजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए। कसौधन सेवा समितिका अध्यक्ष राधेश्याम कसौधनको अध्यक्षतामा भएको कार्यक्रममा सेवा समितिका संरक्षक जवाहरलाल कसौधन, पूर्वअध्यक्ष अशोक कुमार कसौधन, कोषाध्यक्ष विजय कसौधन, महिला समितिकी संस्थापक पुस्पा कसौधन, पुर्व अध्यक्षहरु सीता कसौधन, निशा कसौधन, महिला समितिकी अध्यक्ष आशा कसौधन, महासचिव पुनम कसौधन, युवा…
Read More
आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

बुटवल । आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले आफ्नो २८ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका विच मनाएको छ । अस्पतालले दीर्घसेवा कर्मचारी तथा पुर्व कर्मचारीहरुलाई सम्मान तथा अस्पतालको बच्चा वार्ड (क्याविन भवन) को उद्घाटन लगायतका कार्यक्रम गरेर बार्षिकोत्सव मनाएको हो । कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले गर्दै आम्दाको स्वास्थ्य सेवालाई थप ब्यवस्थित र गुणस्तरीय बनाउनु पर्ने कुरामा जोड दिनुभयो । उहाँले स्वास्थ्य सेवा संवेदनशिल विषय भएको उल्लेख गर्दै बालबालिका तथा महिलाहरुको विशेषज्ञ सेवालाई महत्व दिएर स्थापना भएको आम्दाको विकास र थप गुणस्तरकालागि पालिकाले जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताउनुभयो । उहाँले अस्पतालको…
Read More
मौसममा क्रमिक सुधार हुदैँ, अब धान काट्न सकिने

मौसममा क्रमिक सुधार हुदैँ, अब धान काट्न सकिने

काठमाण्डौ, १५ कार्तिक । मौसममा क्रमिक सुधार हुन थालेको छ । आइतबार बिहान तराई क्षेत्र विशेष गरी पश्चिम र मध्य तराईमा बाक्लो हुस्सु÷कुहिरो लागेको थियो । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आइतबार बिहान बाँकेको नेपालगन्ज, दाङको घोराही, रुपन्देहीको भैरहवा र आसपासका क्षेत्रमा हुस्सु÷कुहिरो लागेको थियो । काठमाण्डौ उपत्यका तथा बाराको सिमरा र आसपासका क्षेत्रमा पनि हुस्सु÷कुहिरो फैलिएको छ । आइतबार बिहानको हुस्सु÷कुहिरो घाम लागेसँगै दिउँसोपछि हट्दै जाने मौसमविद्ले बताएका छन् । साथै पहाडी र हिमाली धेरै ठाउँमा आइतबार बिहानैदेखि घाम लागेको छ ।शनिबार बेलुकादेखि ‘अर्नब’ चक्रवातको प्रभाव हटेसँगै मौसममा क्रमिक सुधार हुन थालेको हो । आइतबारराति मकवानपुरको रजैया मौसम मापन केन्द्रमा सबै…
Read More
एनपीएल भैरहेको काठमाण्डौको कीर्तिपुर रङ्गशाला जलमग्न

एनपीएल भैरहेको काठमाण्डौको कीर्तिपुर रङ्गशाला जलमग्न

काठमाण्डौ । लगातारको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) भैरहेको काठमाण्डौको कीर्तिपुर रङ्गशाला जलमग्न भएको छ । मैदान र आसपासको क्षेत्र पानीले भरिएको छ । त्रिवि मैदानलाई त्रिपालले छोपिए पनि पानी त्रिपालभित्रै छिरेको छ ।एनपीएलमा आज शनिबार २ वटा खेल हुने तालिका छ । तर वर्षाका कारण यी खेल हुने सम्भावना निकै कम छ । अस्तिको खेल सकिएपछि मैदानलाई कभरले ढाकिएको हो । पानी पर्ने क्रम अहिले बिहानसम्म पनि रोकिएको छैन । मौसमविद्काअनुसार दिउँसोसम्म नै पानी पर्ने सम्भावना छ । तालिकाअनुसार आज दिउँसो साढे १२ बजे लुम्बिनी लायन्स र चितवन राइनोज तथा बेलुका ५ बजे विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच…
Read More