२०८३ कार्तिक ७
२०८३ कार्तिक ७
काठमाण्डौ - ‘पीएचपी’ प्रविधिमा गम्भीर साइबर सुरक्षा कमजोरी देखिएपछि नेपालका विभिन्न बैंक तथा वित्तीय संस्था पनि सर्तक भएका छन् । सम्भावित साइबर आक्रमणबाट ग्राहकको विवरण र बैंकिङ प्रणालीलाई सुरक्षित राख्न जोखिमको अध्ययन, प्राविधिक जाँच तथा सुरक्षा सुधारको काम अघि बढाइएको विभिन्न बैंकले निकालेको सूचनामा उल्लेख छ । सुरक्षा जोखिमलाई ध्यानमा राख्दै ग्लोबल आईएमई, एनआईसी एशिया, प्राइम कमर्सियल बैंक, माछापुच्छ्रे, सिद्धार्थ बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी), महालक्ष्मी विकास बैंकलगायतले सूचना निकालेर आवश्यक प्राविधिक सुधार तथा मर्मतसम्भार भइरहेको जनाएको छन् ।
