२०८३ आश्विन २०
२०८३ आश्विन २०
बुटवल, २० असोज । रुपन्देहीको बुटवलमा पिस पोष्टर (शान्तिकालागि चित्रकला) प्रतियोगिता भएको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी एरिया ४ अन्तर्गत रहेका तीनवटा विभिन्न क्लवले संयुक्त रुपमा प्रतियोगिता गरेका हुन् । लायन्स क्लब अफ सृजनसिल, लायन्स क्लब अफ शान्तिदीप र लायन्स क्लब अफ बुटवल बेस्टले बुटवल–१३ झोलेंगेपुलमा रहेको बेवि स्टार मन्टेश्स्वरीमा पीस पोस्टर कार्यक्रम गरेका हुन् । ११ देखि १३ वर्ष उमेर समूहका बिद्यार्थी बालबालिकालाई लक्षितगरी आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरूले शान्ति र सद्भाव झल्किने विभिन्न सिर्जनात्मक चित्रहरू बनाएका थिए । बुटवल क्षेत्रका झण्डै एक दर्जन विद्यार्थीहरु सहभागि भएको प्रतियोगितामा शान्तिकालागि चित्रकला प्रतियोगितामा ग्लोरी स्कुलकी सारा मगर प्रथम, इडन बोर्डिङ…
