Skip to main content

Batauli News

Advertisement

लुम्बिनीमा विपद्का घटनाबाट एक हजार दुईसय असि जना विस्थापित

Advertisement

बटौली न्यूज

लुम्बिनी, १४ असोज । लुम्बिनी प्रदेशमा चार दिनको अवधिमा भएका विपत्का घटनाबाट एक हजार २८० जना विस्थापित भएका छन् । चार दिनका घटनामा प्रदेशका विभिन्न जिल्लामा भएका ७८ वटा विपत्का घटनाबाट छ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार विपत्का कारण प्रदेशभर २७ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ५६ वटा घरमा आंशिक क्षति पुगेको छ । त्यसै गरी १६ वटा घर डुबानमा परेका छन् भने १७० वटा घर जोखिममा रहेका छन् । उक्त अवधिमा विपत्का कारण अनुमानित ४० लाख रुपियाँभन्दा बढीको आर्थिक क्षति भएको छ ।
विपत्का कारण सबैभन्दा बढी जनधनको क्षति पहिरो र डुबानबाट भएको केन्द्रको विवरणमा उल्लेख छ । चार दिनमा पहिरोका ३१ वटा घटना भएका छन् । पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पहिरोका कारण ४८० जना विस्थापित भएका छन् । पहिरोले १० वटा घर पूर्ण र आठ वटा घरमा आंशिक क्षति पु¥याएको छ भने एक सय वटा घर जोखिममा परेका छन् ।यस अवधिमा डुबानका २६ वटा घटना भएका छन् । डुबानबाट प्रभावित ७७८ जनालाई सुरक्षित स्थानमा सारिएको छ । डुबानका कारण नौ वटा घर पूर्ण र १३ वटा घरमा आंशिक क्षति पुगेको छ भने १६ वटा घर डुबानमा परेका छन् । डुबानका कारण ७० वटा घर जोखिममा रहेका छन् ।
त्यसै गरी प्रदेशमा हावाहुरीका १३ वटा र बाढीका आठ वटा घटना भएका छन् । हावाहुरीका कारण एक जनाको मृत्यु भएको छ भने ३५ वटा घरमा आंशिक र एउटा घरमा पूर्ण क्षति पुगेको छ । बाढीका कारण २२ जना विस्थापित भएका छन् भने सात वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । जिल्लागत विवरण अनुसार अर्घाखाँचीमा सबैभन्दा बढी १५ वटा विपत्का घटना भएका छन् । बाँकेमा १३, गुल्मीमा १० र अन्य जिल्लामा समेत विभिन्न प्रकृतिका विपत्का घटना भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खबर

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको ...
बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र...
कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

बुटवल। कसौधन समुदायका सदस्यहरूले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन्। कसौधन सेवा समिति, महिला समि...
आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

बुटवल । आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले आफ्नो २८ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका विच मनाएको छ । अस्पतालल...

यो पनि पढौँ

छुटाउनुभयो कि?