२०८३ आश्विन १४
२०८३ आश्विन १४
बुटवल, १४ असोज । रुपन्देहीको बुटवल र तिलोत्तमा नगरपालिका आसपास छरिएर रहेका चिया ब्यवसायीहरुको भेलाले चिया ब्यवसायी संघ रुपन्देहीको तदर्थ समिति गठन गरेको छ । सामाजिक उत्तरदायित्व बहन तथा चिया ब्यवसायीहरुको हकहित र ब्यवसायिक एकताकालागि संगठन दर्ता गरिएको बताइएको छ । नव गठित तदर्श समितिको अध्यक्षमा नरेश पाण्डे, उपाध्यक्षमा कमल सापकोटा, सचिवमा निर्दाेश न्यौपाने, सहसचिवमा निराजन पोखरेल र कोषाध्यक्षमा सुरज श्रेष्ठ चुनिनु भएको संचारकर्मी सुमन श्रेष्ठले जानकारी दिनुभयो । समितिको सदस्यमा भरत पौडेल, भरत पाण्डे, विशाल देवकोटा, अंकित तिवारी र चिरन क्षेत्री रहनु भएको छ । समितिले सामाजिक उत्तरदायित्वका कार्यक्रमसँगै ब्यवसायिक एकताका विषयमा काम गर्ने नवनिर्वाचिन अध्यक्ष नरेश पाण्डेले बताउनुभयो…
