२०८३ आश्विन २३
२०८३ आश्विन २३
काठमाण्डौ, २३ असोज । कास्कीको पोखरामा शुक्रबार बिहान भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न पोखरा महानगरपालिकाले समिति गठन गरेको छ । दुर्घटनाको सत्य÷तथ्य पत्ता लगाउन, कारण पहिचान गर्न र आउँदा दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय सुझाउन महानगरले समिति गठन गरेको हो । महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई सदस्य रहनुभएको छ । समितिलाई दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयमा विस्तृत अध्ययन तथा छानबिन गरी ५ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।पोखरा…
