Skip to main content

Batauli News

Advertisement
बैंकहरुमा सुरक्षा चुनौती: बैंकिङ प्रणालीलाई सुरक्षित राख्न जोखिम

बैंकहरुमा सुरक्षा चुनौती: बैंकिङ प्रणालीलाई सुरक्षित राख्न जोखिम

काठमाण्डौ - ‘पीएचपी’ प्रविधिमा गम्भीर साइबर सुरक्षा कमजोरी देखिएपछि नेपालका विभिन्न बैंक तथा वित्तीय संस्था पनि सर्तक भएका छन् । सम्भावित साइबर आक्रमणबाट ग्राहकको विवरण र बैंकिङ प्रणालीलाई सुरक्षित राख्न जोखिमको अध्ययन, प्राविधिक जाँच तथा सुरक्षा सुधारको काम अघि बढाइएको विभिन्न बैंकले निकालेको सूचनामा उल्लेख छ । सुरक्षा जोखिमलाई ध्यानमा राख्दै ग्लोबल आईएमई, एनआईसी एशिया, प्राइम कमर्सियल बैंक, माछापुच्छ्रे, सिद्धार्थ बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी), महालक्ष्मी विकास बैंकलगायतले सूचना निकालेर  आवश्यक प्राविधिक सुधार तथा मर्मतसम्भार भइरहेको जनाएको छन् ।
Read More
चीनको तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ को मृत्यु

चीनको तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ को मृत्यु

काठमाण्डौ - चीनको तिब्बत क्षेत्रमा ७ म्याग्निच्यूडको भूकम्प गएको छ । सिजाङ स्वायत्त क्षेत्रमा ठूलो भूकम्प जाँदा अहिलेसम्म कम्तीमा १६ जनाको ज्यान गएको छ । प्रारम्भिक विवरण अनुसार भूकम्पबाट ३० जनाभन्दा धेरै घाइते भएका र ३०० भन्दा धेरै घर तथा संरचना भत्किएका आपत्कालीन व्यवस्थापन ब्यूरोलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको । सिजाङ क्षेत्रको नाग्छु शहरको बाकेन काउन्टीमा गएराति १० बजेर ३३ मिनेटमा भूकम्प गएको नगरको आपत्कालीन व्यवस्थापन ब्यूरोले उल्लेख गरेको छ । भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य चलिरहेको छ ।
Read More
लिटिल मिस र मास्टर नेपालको उपाधि प्रणवी र कौस्तभलाई

लिटिल मिस र मास्टर नेपालको उपाधि प्रणवी र कौस्तभलाई

बुटवल। बुटवलमा आयोजित लिटिल मिस एन्ड मास्टर प्रतियोगितामा लिटिल मिसको उपाधि प्रणवी गुरुङ र लिटिल मास्टरको उपाधि कौस्तभ पाण्डेले जितेका छन्। साना बालबालिकामा लुकेर रहेका प्रतिभा प्रस्फुटन तथा प्रोत्साहन गर्ने उद्देश्यले साहारा फेसन होमले आयोजना गरेको प्रतियोगितामा एक दर्जन प्रतियोगीलाई पछि पार्दै गुरुङ र पाण्डेले उपाधि हात पारेका हुन्। प्रतियोगितामा लिटिल मास्टरतर्फ फर्स्ट रनरअप श्रेयास लम्साल, सेकेन्ड रनरअप आयान्स आर्याल र थर्ड रनरअपको उपाधि सिर्यल थापाले जिते ।  त्यस्तै, लिटिल मिसतर्फ फर्स्ट रनरअप आइभी पन्थ, सेकेन्ड रनरअप विदिशा पौडेल र थर्ड रनरअपको उपाधि नित्या शर्माले जितेको सहारा फेसन होमका सिईयो युदिन खड्कीले जानकारी दिनुभयो । प्रतियोगिताका विजेताहरूलाई न्यु होराइजन माध्यमिक…
Read More
कसौधन महिला समितिद्वारा आभार ब्यक्त

कसौधन महिला समितिद्वारा आभार ब्यक्त

बुटवल, २८ असोज । कसौधन महिला समितिको आयोजनामा भएको डण्डिया नाईट कार्यक्रम सम्पन्न पार्न सहयोग गर्नु हुने सबै प्रति समितिले धन्यवाद ज्ञापन गरेको छ । समितिले एक वक्तव्य निकालेर डण्डिया नाइट कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने प्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा गरेको छ । कार्यक्रममा कसौधन समुदायिका सदस्य, कसौधन सेवा समिति र महिला समिति, युवा समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागितासँगै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएकोमा समितिले खुशी ब्यक्त गर्दै उपप्रमुख सावित्रादेवी अर्याललाई धन्यवाद ज्ञापन समेत गरेको छ । समितिले गरेको कार्यक्रममा उपप्रमुखको गरिमामय उपस्थिती र उपप्रमुखले बुटवलका…
Read More
लायन्स बुटवल वेस्टद्वारा रक्तदान कार्यक्रम, ४१ पोइन्ट रगत संकलन

लायन्स बुटवल वेस्टद्वारा रक्तदान कार्यक्रम, ४१ पोइन्ट रगत संकलन

बुटवल । लायन्स क्लब अफ बुटवल वेस्ट र बेबी स्टार मन्टेश्वरीको संयुक्त आयोजनामा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  सामाजिक सेवाको भावनालाई आत्मसात् गर्दै आयोजना गरिएको कार्यक्रममा लायन्सकर्मी, सामाजिक व्यक्तित्व तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको क्लवका अध्यक्ष तथा मन्टेश्वरीकी अध्यक्ष गिता बन्जाडेले जानकारी दिनुभयो । लायन्सका डिस्टृक  गभर्नर पीएमजेएफ सन्दीप कसौधनले कार्यक्रमको उद्घाटन गर्दै सेवाभावले गरिने रक्तदान कार्यक्रमले अरुको पनि जीवन बचाउन आफ्नो योगदान हुन्छ भन्ने सिकाउने बताउनु भयो । कार्यक्रममा लायन्सका पदाधिकारी तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रम संयोजक मिना खत्रीको संयोजनमा भएको कार्यक्रममा ४१ पोका रगत संकलन भएको आयोजकले जनाएको छ। रक्तदान जीवनदान भन्ने…
Read More
बूढीगण्डकी बाढी : ४९ जनाको उद्धार

बूढीगण्डकी बाढी : ४९ जनाको उद्धार

गोरखा, २५ असोज । बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ४९ जनाको नेपाली सेनाले उद्धार गरेको छ । नेपाली सेनाका चार वटा हेलिकप्टर तथा स्थलमार्गबाट खटिएको टोलीले आइतबार साँझसम्म ४९ जनाको जनाको उद्धार गरेको जनाएको हो । सेनाका अनुसार अन्य सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा थप खोज तथा उद्धार कार्य जारी रहेको छ । यसैबीच गृहमन्त्री सुदन गुरुङ्गले बुढीगण्डकी बाढीपछिको उद्धार र राहत कार्य तीव्र पारिएको बताउनु भएको छ । राहत सामग्रीका पहिलो चरणको ३ वटा ट्रकहरू पठाइसकिएको छ । आरुघाटबाट गोरखासम्म निःशुल्क सार्वजनिक बस सेवा सञ्चालनको तयारि भएको गृहमन्त्री गुरुङले आफ्नो फेशबुक मार्फत भन्नु भएको छ…
Read More
तिलोत्तमामा मंसिर ३ देखि मेला लाग्ने

तिलोत्तमामा मंसिर ३ देखि मेला लाग्ने

रुपन्देहीको तिलोत्तमा उद्योग वाणिज्य संघले स्थानीय उत्पादन, व्यापार, कृषि, प्रविधि तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना गर्ने भएको छ । मेलामार्फत स्थानीय उद्यमशीलता, औद्योगिक विकास र आर्थिक गतिविधिलाई चलायमान बनाउने लक्ष्य लिइएको छ । संघले आइतबार पत्रकार सम्मेलन गरी आगामी मंसिर ३ गतेदेखि १६ गतेसम्म तिलोत्तमा नगरपालिका–४, मणिग्रामस्थित अस्थायी प्रदर्शनीस्थलमा मेला सञ्चालन गर्ने जनाएको छ । संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले मेलामा पाँच लाखभन्दा बढी दर्शक सहभागी हुने र १२ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको बताउनुभयो । अध्यक्ष कार्कीको अनुसार मेलामा ३५० भन्दा बढी स्टल रहनेछन् । औद्योगिक तथा व्यावसायिक उत्पादन, कृषि, प्रविधि, पर्यटनलगायत…
Read More
क्षेत्री समाजले मनाए भैरहवामा क्षेत्री दिवस

क्षेत्री समाजले मनाए भैरहवामा क्षेत्री दिवस

बुटवल । क्षेत्री समाज नेपाल सिद्धार्थनगर भैरहवाले क्षेत्री दिवस मनाएका छ । समाजले घटस्थापनाका दिन भैरहवामा ¥याली तथा अन्तरक्रिया गरी क्षेत्री दिवस मनाएको हो । क्षेत्री समाज सिद्धार्थनगरको आयोजनामा भैरहवाको लुम्बिनीरोडबाट शुरु भएको रैलि ब्रमेलिटोल, नारयणस्थान हुदै बैंकक्लोनि दुुर्गा मन्दिरमा पुुगेर समापन भएको थियो । क्षेत्रीहरुले घटस्थापनालाई स्थापना दिवसको रुपमा मनाउँदै आएका छन् । घटस्थापनालाई क्षेत्री दिवसका रूपमा मनाउनु भनेको शक्ति र वीरताको पर्व दसैँको सुरुवातसँगै आफ्नो ऐतिहासिक पहिचान, संस्कृति र सामाजिक एकतालाई उत्सवका रूपमा रहेको क्षेत्री समाजका अगुवा शेरजंगबहादुर बस्नेतले बताउनुभयो । क्षेत्री समाज सिद्धार्थनगरका अध्यक्ष राजेन्द्र थापाले भैरहवा नगरमा छरिएर रहेका क्षेत्री समुदायका सबैलाई एकिकृत गर्दै क्षेत्री पोशाकमा…
Read More
गुरुकुल एकेडेमीमा दशै शुभकामना तथा अभिभावक भेला सम्पन्न

गुरुकुल एकेडेमीमा दशै शुभकामना तथा अभिभावक भेला सम्पन्न

बुटवल, २४ असोज । बुटवलमा रहेको गुरुकुल एकेडेमीले नजिकिदै गरेको बडा दशैको शुभकामना आदान प्रदान तथा अभिभावक भेटघाट कार्यक्रम गरेको छ । शनिबार विद्यालयले एक कार्यक्रमको आयोजना गरि अभिभावक, शिक्षक कर्मचारीबीचमा शुभकामना आदानप्रदान कार्यक्रमसँगै असल अभिभावक तथा एवाकस सम्वन्धि अभिमुखिकरण कार्यक्रम पनि गरेको हो । विद्यालयका संचालक सदस्य तथा बोर्ड अफ डाइरेक्टर गोपाल प्रसाद बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा न्यु होराईजन माविका एकेडेमिक कोर्डिनेटर कपिल आचार्यले कार्यक्रमको उद्घाटन गर्दै शिक्षा, शिक्षक र अभिभावकविचको तालमेलले नै गुणस्तरीय शिक्षा दिने बताउनुभयो । उहाँले असल अभिभावक बन्नकालागि बालबालिकासँगैको घुलनमिलन र ब्यवहारमा सकारात्मक भावनाको विकास गर्नु अति आवश्यक भएको उल्लेख गर्दै अहिलेको खाँचो असल अभिभावक…
Read More
कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित

कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित

काठमाण्डौ । नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ । पार्टीको १५ औँ महाधिवेशनबाट उहाँ सभापतिमा निर्वाचित हुनुभएको हो । अघि बिहान सकिएको मतगणनामा थापाले ६ हजार ५८४ मत प्राप्त गर्नुभएको छ । सभापतिका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभएको छ । ५४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । पार्टी सभापतिसहित केन्द्रीय कार्यसमिति चयनका लागि हिजो भएको चुनावमा ९६.२ प्रतिशत मत खसेको छ । विभिन्न २ सय ३१ पदका लागि ८ सय ११ जनाले उम्मेदवारी दिएका छन् । यसमध्ये वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतितर्फ पुष्पा भुसाल र काठमाण्डौ उपत्यकाको महिलातर्फ केन्द्रीय सदस्यमा अमिता…
Read More