Skip to main content

Batauli News

Advertisement
झबिन्द्र देवकोटा

झबिन्द्र देवकोटा

45 Posts
कांग्रेसले प्रधानमन्त्री राहत काेषमा १ कराेड रुपैयाँ जम्मा गर्ने

कांग्रेसले प्रधानमन्त्री राहत काेषमा १ कराेड रुपैयाँ जम्मा गर्ने

काठमाण्डाै । नेपाली कांग्रेसले बाढी पीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकाेप उद्धार कोषमा १ कराेड रुपैयाँ जम्मा गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय ललितपुरकाे सानेपामा आज बसेको बैठकले प्रधानमन्त्री राहत काेषमा १ कराेड रुपैयाँ जम्मा गर्ने निर्णय गरेकाे बताउनुभयो । ‘सरकारले राहत तथा उद्धारका कार्यलाई तीव्रता दिनु आवश्यक छ, सुरुङमा फसेका नागरिकको उद्धारका लागि चाँडोभन्दा चाँडो प्रयास गर्दै तीव्रता दिनुपर्ने आवश्यकता छ, खोज तथा उद्धार परिणाममा केन्द्रित हुनुपर्छ, हाम्रो क्षमताले भ्याएन भने अन्तर्राष्ट्रियस्तरका विज्ञहरूको पनि सहयोग लिनुपर्छ’, उहाँले भन्नुभयो । प्रवक्ता चालिसेले पीडितलाई दिने राहतलाई प्रभावकारी बनाउन पालिकालाई जिम्मेवारी दिने कुरामा ध्यान दिनुपर्ने भन्दै पीडितसम्म तत्कालै राहत पुर्‍याउन आग्रह…
Read More
बुटवलका कसौधन समुदायले गरे प्रधानमन्त्री राहत कोषमा डेढ लाख रुपैया सहयोग

बुटवलका कसौधन समुदायले गरे प्रधानमन्त्री राहत कोषमा डेढ लाख रुपैया सहयोग

बुटवल, १४ भदौ । रसुवा भोटेकोशी बाढीका कारण प्रभावित भएकाहरुको राहतकालागि रुपन्देही बुटवलका कसौधन समुदायले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक लाख ५० हजार रुपैया सहयोग गरेका छन् । कसौधन समुदायका सदस्यहरु आवद्ध रहेको कसौधन सेवा समिति, कसौधन महिला समिति र कसौधन युवा समितिमा आवद्ध कसौधन समुदायका अगुवा तथा सदस्यहरुले प्रधानमन्त्री राहत कोषमा एक लाख ५० हजार सहयोग गरेका हुन् । प्रधानमन्त्री राहत कोषमा कसौधन सेवा समिति, कसौधन महिला समिति र कसौधन युवा समितिले २५/२५ हजार रुपैयाँ सहयोग गरेका हुन् भने अन्य ब्यक्ति तथा संस्थाले पनि आआफ्नो हैसियत अनुसार सहयोग गरेको सेवा समितिका अध्यक्ष राधेश्याम कसौधनले जानकारी दिनुभयो । सेवा…
Read More
रसुवा भोटेकोशी बाढी वितण्डा : ६ सय ६९ शव फेला

रसुवा भोटेकोशी बाढी वितण्डा : ६ सय ६९ शव फेला

रसुवाको भोटेकोशी नदी र र त्यसभन्दा तल त्रिशूलीमा बाढीमा ज्यान गुमाउनेको संख्या ६ सय ६९ जना पुगेको छ । नेपाल प्रहरीका अनुसार शनिबार चौथो दिनको खोजमा समेत गरी कुल ६ सय ६९ वटा शव भेटिएको हो । यस्तै अहिलेसम्म दुई हजार तीन सय एक जनाको उद्धार गरेको नेपाल प्रहरीले जनाएको छ । अझै झण्डै दुइ हजार ५ सय जना मानिस हराइरहेका विवरण छ ।
Read More
नेशनल प्याब्सनको एघारौ साधारण सभा सम्पन्न

नेशनल प्याब्सनको एघारौ साधारण सभा सम्पन्न

बुटवल, १३ भदौ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियसन (नेशनल प्याब्सन) रुपन्देहीको ११औं वार्षिक साधारण सभा शनिबार बुटवलमा सम्पन्न भएको छ । एन प्याब्सनले आफ्नो वार्षिक साधारण सभा विभिन्न शैक्षिक संस्था, समाजिक संस्थासँगै संचारकर्मीलाई सम्मान गरेर सम्पन्न गरेको हो । साधारण सभाको उद्घाटन गर्दै नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले उत्कृष्ट शैक्षिक जनशक्ति उत्पादनमा निजी क्षेत्रको ठुलो योगदान रहेकाले सरकारले हेर्ने दृष्टिकोण पनि सकारात्मक बन्न जरुरी रहेको बताउनुभयो । उहाँले सामुदायिक र संस्थागत विद्यालयलाई सरकारले हेर्ने दृष्टिकोण फरक भएको बताउँदै समान ब्यवहार गरेर अझै ठुलो दक्ष शैक्षिक जनशक्ति उत्पादनमा निजी क्षेत्र धेरै अगाडि देखिने तर्क राख्नुभयो । नेशनल प्याब्सनमा…
Read More
प्रधानमन्त्री उद्धार कोषमा दुई अर्ब संकलन

प्रधानमन्त्री उद्धार कोषमा दुई अर्ब संकलन

काठमाण्डौ, १२ भदौ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा झन्डै २ अर्ब रुपैयाँ सङ्कलन भएको छ । अर्थ मन्त्रालयका अनुसार बुधवार दिउँसोदेखि बिहीवार राति १२ बजेसम्म १ अर्ब ९१ करोड रुपैयाँभन्दा धेरै सहयोग जुटेको हो । दाताहरूले १० वटा वाणिज्य बैंकमा रहेको खातामा रकम जम्मा गरेका हुन् । यो सहायतामा विभिन्न मित्रराष्ट्रबाट घोषणा भएको रकम समावेश छैन ।
Read More
अक्सफोर्ड परिवारद्वारा प्रधानमन्त्री कोषमा पाँचलाख सहयोग

अक्सफोर्ड परिवारद्वारा प्रधानमन्त्री कोषमा पाँचलाख सहयोग

बुटवल । बुटवलको अक्सफोर्ड परिवारले रसुवा, भोटेकोशीबाढी प्रभावितका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि अक्सफोर्ड मा.वि. परिवार, बुटवलले रु. ४ लाख र अक्सफोर्ड कलेज परिवार, बुटवलले रु. १ लाख गरी कुल रु. ५ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अक्सफोर्ड परिवारले जम्मा गरेको हो । बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि अक्सफोर्ड मा.वि. परिवार, बुटवलले रु. ४ लाख र अक्सफोर्ड कलेज परिवार, बुटवलले रु. १ लाख गरी कुल रु. ५ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अक्सफोर्ड परिवारले जम्मा गरेको हो । विपद्को कठिन परिस्थितिमा पीडित…
Read More
गैरे प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा ५ लाख ५५ हजार सहयोग

गैरे प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा ५ लाख ५५ हजार सहयोग

बुटवल । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति गैरे प्रतिष्ठान प्रालि बुटवलले गहिरो दुःख ब्यक्त गरेको छ । प्रतिष्ठानले यस्तो दुःखद् प्राकृतिक विपत्तीमा ज्यान गुमाउने र आफ्ना परिवार तथा घरबार गुमाउनेप्रति गहिरो दुःख ब्यक्त गरेको छ । प्रतिष्ठानका निर्देशक प्रवेश राज गैरेले दुःखको यस घडीमा सबैप्रति धैयता प्रदान गर्ने शक्तिको कामना गर्दै सबैको साथ, सहयोग र सहकार्यकालागि पनि अनुरोध गर्नु भएको छ । दुखको यो समयमा पीडामा रहेकाहरुलाई थोरै भएतापनि सहयोग पुगोस भनेर नेपाल एसबीआई बैंक मार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैया सहयोग…
Read More
हिसान रुपन्देहीद्वारा प्रधानमन्त्री राहत कोषमा ५१ हजार सहयोग

हिसान रुपन्देहीद्वारा प्रधानमन्त्री राहत कोषमा ५१ हजार सहयोग

बुटवल । रसुवा, धनकुटा, धादिङ र गोरखालगायतका क्षेत्रमा आएको बाढीले त्यसले पुर्याएको क्षतिप्रति उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) रुपन्देहीले गहिरो दुःख ब्यक्त गरेको छ । हिसानले एक विज्ञप्ती निकालेर दुखको यस घडीमा सबैको साथ र सहयोगको अपेक्षासँगै प्रभावितहरु पुनः पुरानै अवस्थामा फर्काउनकालागि सबैको साथ र सहकार्य आवश्यक भएको बताएको छ । हिसान रुपन्देहीका अध्यक्ष कृष्ण न्यौपानेले विज्ञप्ती निकालेर सबैको साथ र सहयोगबाट पीडामा भएका विस्थापित र बाढीपीडितहरुको घाउमा मर्हम लगाउन सकिने उल्लेख गर्नु भएको छ । उहाँले यस घटनाबाट विद्यार्थी, शिक्षक, अभिभावकहरु समेत नराम्रो संगप्रभावित भएको उल्लेख गर्दै दुखको यस घणिबाट निक्लन सबैलाई भगवानले साथ दिउन् भनि…
Read More
चीनतर्फको नयाँ ताल फुटेको हाेइन, बाँध भरिएर निस्किएको हो : प्राधिकरण

चीनतर्फको नयाँ ताल फुटेको हाेइन, बाँध भरिएर निस्किएको हो : प्राधिकरण

काठमाण्डाै । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अहिले भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढी चीनतर्फ नयाँ बनेको ताल फुटेर नभई ताल भरिएर ‘ओभरफ्लो’ भएको बताएको छ । प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार चीनतर्फबाट प्राप्त जानकारीअनुसार ताल भरिएर बगेको पानीका कारण बाढीको मात्रा बढेकोले तल्लो तटीय क्षेत्रमा सचेत गराइएको हो ।यसअघि नेपाल प्रहरीले बाँध भत्केको जानकारी प्राप्त भएको भन्दै तटीय क्षेत्रमा सतर्क रहन र सुरक्षित ठाउँतर्फ जान सूचित गरेको थियो । चिनियाँ सरकारी सञ्चारमाध्यमले बाँध भत्किएको नभई जम्मा भएको पनि बाँध भरिएर बाहिर निस्किएको जनाएको छ ।
Read More
नेपाललाई सहयोग र उद्धारमा सहयोग गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको निर्णय

नेपाललाई सहयोग र उद्धारमा सहयोग गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको निर्णय

काठमाण्डाै । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को बैठकले नेपालमा विपत्तिबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय उद्धार सहकार्य अघि बढाउने निर्णय गरेको छ ।राष्ट्रपति सी जिनपिङको अध्यक्षतामा बसेको पार्टी केन्द्रीय कमिटीको उच्चस्तरीय बैठकले तिब्बतमा गएको विनाशकारी पहिरोपछि राहत र उद्धारलाई तीव्र पार्ने निर्णय गर्दै नेपाललाई पनि सहयोग गर्ने जनाएको हो । यस्तै बैठकले अत्यधिक जाडो, विकट हिमाली भूगोल र हिमतालका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि बेपत्ता भएका सम्पूर्ण चिनियाँ तथा विदेशी नागरिकको वैज्ञानिक रूपले खोजी गर्न निर्देशन दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार सरकारले परिचालन गरेका उद्धारकर्मीहरूले विपद‍्बाट प्रभावित क्षेत्रमा राहत…
Read More