Skip to main content

Batauli News

Advertisement

बुटवलका कसौधन समुदायले गरे प्रधानमन्त्री राहत कोषमा डेढ लाख रुपैया सहयोग

Advertisement

बटौली न्यूज

बुटवल, १४ भदौ । रसुवा भोटेकोशी बाढीका कारण प्रभावित भएकाहरुको राहतकालागि रुपन्देही बुटवलका कसौधन समुदायले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक लाख ५० हजार रुपैया सहयोग गरेका छन् । कसौधन समुदायका सदस्यहरु आवद्ध रहेको कसौधन सेवा समिति, कसौधन महिला समिति र कसौधन युवा समितिमा आवद्ध कसौधन समुदायका अगुवा तथा सदस्यहरुले प्रधानमन्त्री राहत कोषमा एक लाख ५० हजार सहयोग गरेका हुन् । प्रधानमन्त्री राहत कोषमा कसौधन सेवा समिति, कसौधन महिला समिति र कसौधन युवा समितिले २५/२५ हजार रुपैयाँ सहयोग गरेका हुन् भने अन्य ब्यक्ति तथा संस्थाले पनि आआफ्नो हैसियत अनुसार सहयोग गरेको सेवा समितिका अध्यक्ष राधेश्याम कसौधनले जानकारी दिनुभयो ।

सेवा समितिका अध्यक्ष राधेश्याम कसौधनका अनुसार सेवा समितिका सल्लाहकार जवाहरलाल कसौधन, सञ्जय कसौधन, राधेश्याम कसौधनले ११/११ हजार रुपैयाँ, बलराम कसौधन, पुष्पा कसौधन, सिता कसौधन, धर्मेन्द्र कसौधन, राकेश कसौधन, पे्रमलता कसौधन र शिवम कसौधनले ५१/५१ सय रुपैया, मुरली प्रसाद कसौधनले तीन हजार रुपैया, धमेन्द्र कसौधनले २२ सय रुपैयाँ सहयोग गर्नु भएको हो । कसौधन सेवा समितिका अध्यक्ष राधेश्याम कसौधनले प्रकोपको समयमा बाढी प्रभावितहरुलाई थोरै भएपनि राहत पुगोस् भनेर सहयोग जुटाएर प्रधानमन्त्री राहत कोषमा सहयोग गरिएको बताउनुभयो । बाढीले निम्त्याएको कहरका समयमा कसौधन समुदायका ब्यक्तीहरुले स्तह स्फुर्त रुपमा संकलन रकम संकलन गरेर प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खबर

यसवर्षको हरितालिका तीज सोमबार: रमझम बिनाको तीज

बुटवल, २८ भदौ । महिलाहरुको महान पर्व हरितालिका तीज भाद्र शुक्ल तृतीयाका दिन पर्ने गर्दछ । विगतबा वर्षहरुमा तीज सुरु हुनु महिना दिन...
ओस्कारमा ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने

काठमाण्डौ, २८ भदौ । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स ...
भोटेकोशी बाढी हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक

काठमाण्डौ, २८ भदौ । सरकारले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खस...
बुटवल हस्पिटलद्वारा भोटेकोशी बाढी प्रभावितलाई सातलाख ७७ हजार सहयोग

बुटवल, २८ भदौ । बुटवल हस्पिटल प्रालि परिवारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा...

यो पनि पढौँ

छुटाउनुभयो कि?