बुटवल । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति गैरे प्रतिष्ठान प्रालि बुटवलले गहिरो दुःख ब्यक्त गरेको छ । प्रतिष्ठानले यस्तो दुःखद् प्राकृतिक विपत्तीमा ज्यान गुमाउने र आफ्ना परिवार तथा घरबार गुमाउनेप्रति गहिरो दुःख ब्यक्त गरेको छ । प्रतिष्ठानका निर्देशक प्रवेश राज गैरेले दुःखको यस घडीमा सबैप्रति धैयता प्रदान गर्ने शक्तिको कामना गर्दै सबैको साथ, सहयोग र सहकार्यकालागि पनि अनुरोध गर्नु भएको छ ।
दुखको यो समयमा पीडामा रहेकाहरुलाई थोरै भएतापनि सहयोग पुगोस भनेर नेपाल एसबीआई बैंक मार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैया सहयोग गरेको निर्देशक गैरेले जानकारी दिनुभयो । उहाँले प्रतिष्ठानकोतर्फदेखि थोरै भएपनि सहयोग पुगोस् भनेर थोरै राहत सहयोग गरेको बताउनुभयो । प्रतिष्ठानकोतर्फदेखि यस दुःखद् प्राकृतिक विपद्मा परि ज्यान गुमाउएकाहरूप्रति श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना र घरबार बिहीन भएकाहरुमा धैर्यधारण गर्ने शक्ति प्रदान होस भनि प्रतिष्ठानका अध्यक्ष प्रेमराज गौलेले कामना गर्नु भएको छ ।



