बुटवल, १३ भदौ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियसन (नेशनल प्याब्सन) रुपन्देहीको ११औं वार्षिक साधारण सभा शनिबार बुटवलमा सम्पन्न भएको छ । एन प्याब्सनले आफ्नो वार्षिक साधारण सभा विभिन्न शैक्षिक संस्था, समाजिक संस्थासँगै संचारकर्मीलाई सम्मान गरेर सम्पन्न गरेको हो । साधारण सभाको उद्घाटन गर्दै नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले उत्कृष्ट शैक्षिक जनशक्ति उत्पादनमा निजी क्षेत्रको ठुलो योगदान रहेकाले सरकारले हेर्ने दृष्टिकोण पनि सकारात्मक बन्न जरुरी रहेको बताउनुभयो । उहाँले सामुदायिक र संस्थागत विद्यालयलाई सरकारले हेर्ने दृष्टिकोण फरक भएको बताउँदै समान ब्यवहार गरेर अझै ठुलो दक्ष शैक्षिक जनशक्ति उत्पादनमा निजी क्षेत्र धेरै अगाडि देखिने तर्क राख्नुभयो ।
नेशनल प्याब्सनमा देखिएको संगठनात्मक विवाद छिटटै समाधान हुन्छ, पदकालागि हाईन, प्रतिष्ठा जोगाउन बनेको हो’–उहाँलेभन्नुभयो ।
उहाँले अहिले रसुवा र भोटेकोशीमा आएको बाढीले पुर्याएको क्षति प्रति दुख ब्यक्त गर्दै आफु मातहतका संस्थाहरुबाट सक्दो सहयोग हुने आश्वासन पनि दिनुभयो । ‘नेशनल प्याब्सनमा देखिएको संगठनात्मक विवाद छिटटै समाधान हुन्छ, पदकालागि हाईन, प्रतिष्ठा जोगाउन बनेको हो’–उहाँलेभन्नुभयो । कार्यक्रममा एन प्याब्सनको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष बाबुराम बन्जाडेले गुणस्तरीय, सीपयुक्त र संस्कारयुक्त शिक्षाकालागि विद्यार्थीसँगै शिक्षकलाई पनि विभिन्न प्रकारका अवसर र प्रशिक्षणहरु एन प्याब्सनले दिदै आएको बताउनुभयो । उहाँले शैक्षिक गुणस्तर, संस्कार सहितको शिक्षामा एन प्याब्सनले योजनाबद्ध तरिकाले आफु मातहतका विद्यालयमा कार्यक्रम र अन्तरसंवाद गर्दै आएको समेत बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवहाक प्रमुख कल्पना हरिजन, नेशनल प्याब्सनका केन्द्रीय महासचिव प्रकाश खड्का, उपमहासचिव विष्णुप्रसाद पौडेल, सल्लाहकार राजु गुरुङ, बालाकृष्ण तिवारी, देउप्रकाश राई, विलप्रसाद गुरुङ, पुस्तक ब्य
वसायी हरिप्रसाद अर्याल, गोपालप्रसाद बस्याल, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीलगायले शैक्षिक विकासमा निजी क्षेत्रले पुर्याएको योगदानको चर्चा गर्नु भएको थियो ।
शैक्षिक विकासमा योगदान दिएका भन्दै कार्यक्रममा उत्कृष्ट पत्रकारिता पुरस्कारबाट स्वस्तिक श्रेष्ठ र उत्कृष्ट सामाजिक ब्यक्तित्व सम्मानबाट अभिभावक संघ नेपालका अध्यक्ष लोकनाथ ज्ञवालीलाई दोसल्ला, सम्मानपत्रबाट सम्मान गरिएको छ । यसैगरि एन प्याब्सनको आचारसंहिता पालना गरेका विद्यालयहरु बुटवल ग्लोरी ई बोर्डिङ स्कुल, ग्लोरी बोर्डिङ स्कुल, सेन्ट जोसेफ, सिद्धार्थ पब्लिक बोर्डिङ स्कुल, मोर्डन पब्लिकलाई सम्मान गरिएको थियो । यसैगरि अनुगमन समितिका केन्द्रिय सचिव बालाराम तिवारी, जिल्ला सचिव अमित गुप्ता र कोषाध्यक्ष कमल पौडेललाई पनि विशेष सम्मान गरिएको अध्यक्ष बाबुराम बन्जाडेले जानकारी दिनुभयो ।



