Skip to main content

Batauli News

Advertisement

नेपाललाई सहयोग र उद्धारमा सहयोग गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको निर्णय

Advertisement

बटौली न्यूज

काठमाण्डाै । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को बैठकले नेपालमा विपत्तिबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय उद्धार सहकार्य अघि बढाउने निर्णय गरेको छ ।राष्ट्रपति सी जिनपिङको अध्यक्षतामा बसेको पार्टी केन्द्रीय कमिटीको उच्चस्तरीय बैठकले तिब्बतमा गएको विनाशकारी पहिरोपछि राहत र उद्धारलाई तीव्र पार्ने निर्णय गर्दै नेपाललाई पनि सहयोग गर्ने जनाएको हो ।

यस्तै बैठकले अत्यधिक जाडो, विकट हिमाली भूगोल र हिमतालका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि बेपत्ता भएका सम्पूर्ण चिनियाँ तथा विदेशी नागरिकको वैज्ञानिक रूपले खोजी गर्न निर्देशन दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार सरकारले परिचालन गरेका उद्धारकर्मीहरूले विपद‍्बाट प्रभावित क्षेत्रमा राहत वितरण गर्न उपलब्ध सबै उपाय प्रयोग गरेका छन् ।

यस्तै चिनियाँ विज्ञहरूले पहिरो थुप्रिएर बनेका दुई वटा तालको नक्साङ्कन गर्न ड्रोन प्रयोग गरेका छन् । तिब्बततर्फ रहेको क्षेत्रमा ५०० जनाभन्दा धेरै मानिस बेपत्ता छन् । त्यहाँ निरन्तर वर्षा हुँदा ताल फुट्न सक्ने र बाढी आउन सक्ने चिन्ताले उद्धारमा कठिनाइ छ ।दक्षिणी तिब्बतको विपद्ग्रस्त क्षेत्रबाट १ हजार जनाभन्दा धेरै मानिसको उद्धार भएको छ । तीमध्ये ५०० जना विदेशी पर्यटक छन् ।

प्रतिक्रिया

सम्बन्धित खबर

यसवर्षको हरितालिका तीज सोमबार: रमझम बिनाको तीज

बुटवल, २८ भदौ । महिलाहरुको महान पर्व हरितालिका तीज भाद्र शुक्ल तृतीयाका दिन पर्ने गर्दछ । विगतबा वर्षहरुमा तीज सुरु हुनु महिना दिन...
ओस्कारमा ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने

काठमाण्डौ, २८ भदौ । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स ...
भोटेकोशी बाढी हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक

काठमाण्डौ, २८ भदौ । सरकारले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खस...
बुटवल हस्पिटलद्वारा भोटेकोशी बाढी प्रभावितलाई सातलाख ७७ हजार सहयोग

बुटवल, २८ भदौ । बुटवल हस्पिटल प्रालि परिवारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा...

यो पनि पढौँ

छुटाउनुभयो कि?