बुटवल । रसुवा, धनकुटा, धादिङ र गोरखालगायतका क्षेत्रमा आएको बाढीले त्यसले पुर्याएको क्षतिप्रति उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) रुपन्देहीले गहिरो दुःख ब्यक्त गरेको छ । हिसानले एक विज्ञप्ती निकालेर दुखको यस घडीमा सबैको साथ र सहयोगको अपेक्षासँगै प्रभावितहरु पुनः पुरानै अवस्थामा फर्काउनकालागि सबैको साथ र सहकार्य आवश्यक भएको बताएको छ ।
हिसान रुपन्देहीका अध्यक्ष कृष्ण न्यौपानेले विज्ञप्ती निकालेर सबैको साथ र सहयोगबाट पीडामा भएका विस्थापित र बाढीपीडितहरुको घाउमा मर्हम लगाउन सकिने उल्लेख गर्नु भएको छ । उहाँले यस घटनाबाट विद्यार्थी, शिक्षक, अभिभावकहरु समेत नराम्रो संगप्रभावित भएको उल्लेख गर्दै दुखको यस घणिबाट निक्लन सबैलाई भगवानले साथ दिउन् भनि कामना गर्नु भएको छ ।
साथै अध्यक्ष न्यौपानेले विज्ञप्ती मार्फत घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको समेत कामना गर्नु भएको उपाध्यक्ष बाबुराम बन्जाडेले जानकारी दिनुभयो । दुखको यस घडीमा थोरै भएतापनि सहयोग पुगोस् भनेर हिसान रुपन्देहीकोतर्फदेखि रु पचास हजार एक सय ११ रुपैया प्रधानमन्त्री दैवी प्रकोप राहत मार्फत सहयोग गरिएको समेत उपाध्यक्ष बन्जाडेले बताउनुभयो । दुखको यस विशम परिस्थीतिमा सबैको साथ, सहयोग र सहकार्य आवश्यक रहेको विज्ञप्ती मार्फत हिसानले सबैलाई अनुरोध गरेको छ ।



