Skip to main content

Batauli News

Advertisement

अक्सफोर्ड परिवारद्वारा प्रधानमन्त्री कोषमा पाँचलाख सहयोग

Advertisement

बटौली न्यूज

बुटवल । बुटवलको अक्सफोर्ड परिवारले रसुवा, भोटेकोशीबाढी प्रभावितका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि अक्सफोर्ड मा.वि. परिवार, बुटवलले रु. ४ लाख र अक्सफोर्ड कलेज परिवार, बुटवलले रु. १ लाख गरी कुल रु. ५ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अक्सफोर्ड परिवारले जम्मा गरेको हो ।

  • बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि अक्सफोर्ड मा.वि. परिवार, बुटवलले रु. ४ लाख र अक्सफोर्ड कलेज परिवार, बुटवलले रु. १ लाख गरी कुल रु. ५ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अक्सफोर्ड परिवारले जम्मा गरेको हो ।

विपद्को कठिन परिस्थितिमा पीडित परिवारलाई राहत पुगोस् र उनीहरूको दुःखमा केही हदसम्म भए पनि मलम लगाउन सकियोस् भन्ने उद्देश्यले सहयोग गरिएको अक्सफोर्ड माविका प्राचार्य दिनेश भुसालले बताउनुभयो । विपद्का बेला शिक्षण संस्थाले आफ्ना विद्यार्थीलाई पढाइसँगै सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाकालागि पनि बाढी प्रभावितहरुलाई सहयोग गरिएको उहाँले बताउनुभयो । बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको पीडाले अक्सफोर्ड मावि परिवार पनि दुखी रहेको उल्लेख गर्दै दुखको यस घडीमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । प्राचार्य भुसालले यो सानो सहयोगले बाढीपीडित परिवारको राहतमा केही योगदान पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

अक्सफोर्ड कलेजका प्रमुख मनोज मरासिनीले प्राकृतिक विपद्का बेला सबै क्षेत्र र समुदायबीचको सहकार्य आवश्यक हुने बताउनुभयो । अक्सफोर्ड परिवारले विगतदेखि नै सामाजिक उत्तरदायित्वलाई आफ्नो संस्थागत दायित्वका रूपमा लिँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि मानवीय सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गर्नुभयो । अक्सफोर्ड परिवारले विपद्का कारण प्रभावित बनेका परिवारको जीवन सामान्य बनाउन सहयोग पुगोस् भन्ने कामना गर्दै मानवता, सहकार्य र सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धता निरन्तर कायम रहने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

यसवर्षको हरितालिका तीज सोमबार: रमझम बिनाको तीज

बुटवल, २८ भदौ । महिलाहरुको महान पर्व हरितालिका तीज भाद्र शुक्ल तृतीयाका दिन पर्ने गर्दछ । विगतबा वर्षहरुमा तीज सुरु हुनु महिना दिन...
ओस्कारमा ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने

काठमाण्डौ, २८ भदौ । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स ...
भोटेकोशी बाढी हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक

काठमाण्डौ, २८ भदौ । सरकारले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खस...
बुटवल हस्पिटलद्वारा भोटेकोशी बाढी प्रभावितलाई सातलाख ७७ हजार सहयोग

बुटवल, २८ भदौ । बुटवल हस्पिटल प्रालि परिवारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा...

यो पनि पढौँ

छुटाउनुभयो कि?