२०८३ भाद्र ८
२०८३ भाद्र ८
बुटवल, ७ भदौ । । युवालाई उद्यमशीलता, स्वरोजगार र व्यक्तिगत विकासतर्फ प्रेरित गर्ने उद्देश्यले देवदहमा उद्यम प्रवर्धन कार्यक्रम गरिएको छ । कार्यक्रमका अवसरमा देवदहका २७ जना उद्यमीलाई सम्मान समेत गरिएको आयोजकले जनाएको छ । देवदह नगरपालिका वडा नम्बर ५ ले आयोजना गरेको कार्यक्रममा स्थानीयस्तरमै उद्यम सञ्चालन गरी रोजगारी सिर्जना तथा आर्थिक विकासमा योगदान पुर्याएको भन्दै २७ जना उद्यमीलाई सम्मान गरिएको हो । सम्मानित उद्यमीहरूले आफ्नो व्यवसायमार्फत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना गर्दै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन योगदान पुर्याएको आयोजकले जनाएको छ । कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले आफ्नो सफलता यात्राको अनुभव सुनाउँदै जीवनमा सफलता प्राप्त गर्न…
