Skip to main content

Batauli News

Advertisement

लुम्बिनी प्रदेशका पहाडी भेगका एक/दुई ठाउँमा ठूलो पानी पर्ने

Advertisement

बटौली न्यूज

काठमाण्डौ । आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगका एक/दुई ठाउँमा ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएराति केही ठाउँमा सामान्य वर्षा भए पनि अहिले बिहानपख कुनै पनि ठाउँमा पानी परेको छैन । काठमाण्डौ उपत्यकासहित धेरैजसो ठाउँमा घाम लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँ तथा मधेश र कोशी प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । अरु ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको अनुमान छ । राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । ठूलो वर्षाको सम्भावना भएका पहाडी तथा नदी आसपासका क्षेत्रमा पहिरो, गेग्रान बहाव तथा स्थानीय खोलानालामा पानीको बहाव बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ । विशेषगरी यात्रा गर्दा मौसमको अवस्था र सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजान महाशाखाको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

यसवर्षको हरितालिका तीज सोमबार: रमझम बिनाको तीज

बुटवल, २८ भदौ । महिलाहरुको महान पर्व हरितालिका तीज भाद्र शुक्ल तृतीयाका दिन पर्ने गर्दछ । विगतबा वर्षहरुमा तीज सुरु हुनु महिना दिन...
ओस्कारमा ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने

काठमाण्डौ, २८ भदौ । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स ...
भोटेकोशी बाढी हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक

काठमाण्डौ, २८ भदौ । सरकारले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खस...
बुटवल हस्पिटलद्वारा भोटेकोशी बाढी प्रभावितलाई सातलाख ७७ हजार सहयोग

बुटवल, २८ भदौ । बुटवल हस्पिटल प्रालि परिवारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा...

यो पनि पढौँ

छुटाउनुभयो कि?