गुल्मी, ८ भदौ । गुल्मीमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। यस जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर–४ जोखुमस्थित भाङखर्कका अन्दाजी ६५ वर्षीय फटिक बहादुर पुनको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्रवीर विश्वकर्माका अनुसार सोमबार बिहान करिब ७ः३० बजेको समयमा जोखुमबाट भाङखर्क जाने ठाडो पैदल गोरेटो बाटोबाट खसेर मृत्यु भएको हो।
उक्त गोरेटो बाटोबाट करिब १५० मिटर तल भित्री कच्ची सडकको कुनामा खसेका थिए। कच्ची सडकको कुना साइडमा खसि लडि उत्तानो मुत्यु अवस्थामा रहेको प्रहरीले उहाँले जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।



