Skip to main content

Batauli News

Advertisement

कपिलवस्तुमा १५ किलो लागुऔषध बरामद, ६ जना पक्राउ

Advertisement

बटौली न्यूज

कपिलवस्तु, ८ भदौ । कपिलवस्तु प्रहरीले छुट्टाछुट्टै घटनामा १५ किलोभन्दा बढी लागुऔषध बरामद गरी छ जनालाई पक्राउ गरेको छ। प्रहरीले कृष्णनगर र चन्द्रौटाबाट ठुलो परिमाणमा चरेस र अफिमजस्तो देखिने पदार्थ बरामद गरेको हो। कृष्णनगर नगरपालिका–२ स्थित पुरानो बसपार्कमा चेकजाँच गर्ने क्रममा भारततर्फ जाँदै गरेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूको साथबाट चरेसजस्तो देखिने कालो गिलो पदार्थ पाँच किलो २२५ ग्राम र अफिमजस्तो देखिने गिलो पदार्थ १० किलो बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका–३ की ३४ वर्षीया रतिमा रोका, कपिलवस्तुको विजयनगर गाउँपालिका–४, ज्योतिनगरकी ४५ वर्षीया फनिसरा सारु र ५६ वर्षीया नन्सरी घर्ती मगर, पर्साको ठोरी गाउँपालिका–२ की ४८ वर्षीया चुमा लामिछाने तथा दाङको राजपुर गाउँपालिका–३ की ४३ वर्षीया विमला पुन रहनुभएको छ। उहाँहरूको साथबाट पाँच थान मोबाइलसमेत बरामद भएको प्रहरीले जनाएको छ। यस्तै, साउन ६ गते शिवराज नगरपालिका–५, चन्द्रौटास्थित सुन्दर टोलबाट १८ वर्षीय अनुप नेपालीलाई प्रहरीले पक्राउ गरेको थियो। उहाँको साथबाट ५८० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने लागुऔषध र एक थान मोबाइल बरामद भएको थियो। पक्राउ परेका सबैमाथि लागुऔषधसम्बन्धी कसुरमा जिल्ला अदालत कपिलवस्तुबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खबर

यसवर्षको हरितालिका तीज सोमबार: रमझम बिनाको तीज

बुटवल, २८ भदौ । महिलाहरुको महान पर्व हरितालिका तीज भाद्र शुक्ल तृतीयाका दिन पर्ने गर्दछ । विगतबा वर्षहरुमा तीज सुरु हुनु महिना दिन...
ओस्कारमा ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने

काठमाण्डौ, २८ भदौ । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स ...
भोटेकोशी बाढी हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक

काठमाण्डौ, २८ भदौ । सरकारले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खस...
बुटवल हस्पिटलद्वारा भोटेकोशी बाढी प्रभावितलाई सातलाख ७७ हजार सहयोग

बुटवल, २८ भदौ । बुटवल हस्पिटल प्रालि परिवारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा...

यो पनि पढौँ

छुटाउनुभयो कि?