Skip to main content

Batauli News

Advertisement

जापानिज इन्सेफलाइटिस अर्थात् जेइ रोगको जोखिम बढ्दै

Advertisement

बटौली न्यूज

काठमाण्डौ । नेपालमा पछिल्लो समय लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस अर्थात् जेइ रोगको जोखिम बढ्दै गएको छ । संक्रमणका कारण बिरामी हुने र ज्यान गुमाउँनेको संख्या बढेपछि स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले सतर्क रहन आग्रह गरेको छ । महाशाखाका अनुसार, देशका २५ जिल्लाका ५९ पालिकामा ८० जनामासंक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ८६ प्रतिशतले जेइविरुद्धको खोप नलगाएको पाइएको छ । यसैगरी, संक्रमणका कारण अहिलेसम्म २१ जनाको ज्यान गइसकेको छ ।

जापानिज इन्सेफलाइटिसका संक्रमितमध्ये सबैभन्दा धेरै झापामा १० जना छन् । त्यस्तै, कैलाली र मोरङमा सात–सात, सप्तरी र कञ्चनपुरमा छ–छ तथा चितवन, सुनसरी र नवलपरासी पूर्वमा पाँच–पाँच जना संक्रमित भेटिएका छन् ।रोगको जोखिम मुख्यतः तराई तथा भित्री मधेसका जिल्लामा बढी देखिए पनि इलाम, काभ्रेपलाञ्चोक, काठमाण्डौ, सिन्धुली र सुर्खेतलगायत पहाडी जिल्लामा समेत संक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार जापानिज इन्सेफलाइटिस मुख्यतः संक्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्छ । उच्च ज्वरो आउने, टाउको दुख्ने, बेहोस हुने, झट्का आउने वा चेतनामा परिवर्तन हुनेजस्ता लक्षण देखिएमा घरेलु उपचारमा समय खेर नफाली तत्काल नजिकको स्वास्थ्य संस्थामा लैजान परिवार कल्याण महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

यसवर्षको हरितालिका तीज सोमबार: रमझम बिनाको तीज

बुटवल, २८ भदौ । महिलाहरुको महान पर्व हरितालिका तीज भाद्र शुक्ल तृतीयाका दिन पर्ने गर्दछ । विगतबा वर्षहरुमा तीज सुरु हुनु महिना दिन...
ओस्कारमा ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने

काठमाण्डौ, २८ भदौ । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स ...
भोटेकोशी बाढी हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक

काठमाण्डौ, २८ भदौ । सरकारले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खस...
बुटवल हस्पिटलद्वारा भोटेकोशी बाढी प्रभावितलाई सातलाख ७७ हजार सहयोग

बुटवल, २८ भदौ । बुटवल हस्पिटल प्रालि परिवारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा...

यो पनि पढौँ

छुटाउनुभयो कि?