Skip to main content

Batauli News

Advertisement

पीडितको पहिचान खुल्ने सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह

Advertisement

बटौली न्यूज

काठमाण्डौ, ८ भदौ  । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बलात्कार तथा यौन हिंसाका पीडितको पहिचान खुल्ने तस्बिर, भिडियो वा अरु सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गर्नुभएको छ । मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत पीडितको पहिचान र गोपनीयताको सम्मान गर्न तथा अपराधमाथि अर्को अपराध नगर्न सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गर्नुभएको हो ।

यौन हिंसाका घटनामा पीडितको पहिचान सार्वजनिक गर्नु संवेदनशील र गम्भीर गैरकानुनी विषय भएको उहाँको भनाइ छ । विशेषगरी यौन हिंसाका पीडित बालबालिकाको पहिचान सार्वजनिक गर्नु अझ गम्भीर कसुर हुने भन्दै उहाँले समाचार तथा अरु सामग्री सम्प्रेषण गर्दा पीडितको गरिमा, गोपनीयता, सुरक्षा र भविष्यमा पर्न सक्ने प्रभावलाई ध्यान दिनुपर्ने बताउनुभएको छ ।

सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई पीडितको पहिचान खुल्ने तस्बिर, भिडियो वा अरु सामग्री प्रकाशन, प्रसारण वा पुनःप्रसारण नगर्न आग्रह गर्दै त्यस्ता सामग्री यसअघि नै प्रकाशित भइसकेको भए तत्काल हटाउनसमेत उहाँले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

यसवर्षको हरितालिका तीज सोमबार: रमझम बिनाको तीज

बुटवल, २८ भदौ । महिलाहरुको महान पर्व हरितालिका तीज भाद्र शुक्ल तृतीयाका दिन पर्ने गर्दछ । विगतबा वर्षहरुमा तीज सुरु हुनु महिना दिन...
ओस्कारमा ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने

काठमाण्डौ, २८ भदौ । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स ...
भोटेकोशी बाढी हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक

काठमाण्डौ, २८ भदौ । सरकारले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खस...
बुटवल हस्पिटलद्वारा भोटेकोशी बाढी प्रभावितलाई सातलाख ७७ हजार सहयोग

बुटवल, २८ भदौ । बुटवल हस्पिटल प्रालि परिवारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा...

यो पनि पढौँ

छुटाउनुभयो कि?