Skip to main content

Batauli News

Advertisement

पुराना राजनीतिक दलहरुसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका कार्यकर्तालाई रविको निर्देशन

Advertisement

बटौली न्यूज

काठमाण्डौ,  ८ भदौ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरुसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । हिजो काठमाण्डौमा भएको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । विगतमा अरु नेता र दललाई दोष दिएर आफूलाई अग्लो देखाउने अवस्था भए पनि अब त्यस्तो ठाउँ रास्वपासँग नरहेको उहाँको भनाइ थियो ।

उहाँले विगतको असफलता र कमजोरीलाई लिएर निरन्तर आलोचना गरिरहनुभन्दा आउँदो पुस्ता र देशको भविष्यका लागि दीर्घकालीन योजना निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । ३५ वर्षमा पुराना राजनीतिक दलहरुले गरेका सकारात्मक कामहरुप्रति धन्यवाद दिनुपर्ने उहाँले बताउनुभयो । सभापति लामिछानेले सरकार मात्र बलियो नभई प्रतिपक्ष पनि बलियो रहेको र अब राजनीतिक संस्कृति देखाउन नेताहरूलाई आग्रह गर्नुभयो । प्रतिपक्षले देशमा लोकतन्त्र स्थापनाका लागि ठूलो त्याग गरेको तर सुशासन ल्याउन नसकेकाले रास्वपाले सरकारको नेतृत्व गर्ने अवसर पाएको उहाँको भनाइ थियो ।   सरकारलाई चुनावका क्रममा उठाएका मुद्दा, नागरिकका आशा पूरा गर्नका लागि पार्टीले अझ बढी जिम्मेवार बनाउँदै लगेको पनि उहाँको भनाइ छ । लामिछानेले सरकार गठनको १०० दिन पूरा भएदेखि प्रधानमन्त्रीसँग निरन्तर छलफलमा रहेको पनि बताउनुभयो । उहाँले पार्टीका केन्द्रीय सदस्यहरूलाई नागरिकका पक्षमा रहेर सरकारलाई खबरदारी गर्न पनि आह्वान गर्नुभयो । उहाँले सरकारले काम गर्दैं जाँदा विवाद र प्रशंसा हुने पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खबर

यसवर्षको हरितालिका तीज सोमबार: रमझम बिनाको तीज

बुटवल, २८ भदौ । महिलाहरुको महान पर्व हरितालिका तीज भाद्र शुक्ल तृतीयाका दिन पर्ने गर्दछ । विगतबा वर्षहरुमा तीज सुरु हुनु महिना दिन...
ओस्कारमा ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने

काठमाण्डौ, २८ भदौ । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स ...
भोटेकोशी बाढी हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक

काठमाण्डौ, २८ भदौ । सरकारले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खस...
बुटवल हस्पिटलद्वारा भोटेकोशी बाढी प्रभावितलाई सातलाख ७७ हजार सहयोग

बुटवल, २८ भदौ । बुटवल हस्पिटल प्रालि परिवारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा...

यो पनि पढौँ

छुटाउनुभयो कि?