Skip to main content

Batauli News

Advertisement
गुरुकुल एकेडेमीमा दशै शुभकामना तथा अभिभावक भेला सम्पन्न

गुरुकुल एकेडेमीमा दशै शुभकामना तथा अभिभावक भेला सम्पन्न

बुटवल, २४ असोज । बुटवलमा रहेको गुरुकुल एकेडेमीले नजिकिदै गरेको बडा दशैको शुभकामना आदान प्रदान तथा अभिभावक भेटघाट कार्यक्रम गरेको छ । शनिबार विद्यालयले एक कार्यक्रमको आयोजना गरि अभिभावक, शिक्षक कर्मचारीबीचमा शुभकामना आदानप्रदान कार्यक्रमसँगै असल अभिभावक तथा एवाकस सम्वन्धि अभिमुखिकरण कार्यक्रम पनि गरेको हो । विद्यालयका संचालक सदस्य तथा बोर्ड अफ डाइरेक्टर गोपाल प्रसाद बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा न्यु होराईजन माविका एकेडेमिक कोर्डिनेटर कपिल आचार्यले कार्यक्रमको उद्घाटन गर्दै शिक्षा, शिक्षक र अभिभावकविचको तालमेलले नै गुणस्तरीय शिक्षा दिने बताउनुभयो । उहाँले असल अभिभावक बन्नकालागि बालबालिकासँगैको घुलनमिलन र ब्यवहारमा सकारात्मक भावनाको विकास गर्नु अति आवश्यक भएको उल्लेख गर्दै अहिलेको खाँचो असल अभिभावक…
Read More
कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित

कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित

काठमाण्डौ । नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ । पार्टीको १५ औँ महाधिवेशनबाट उहाँ सभापतिमा निर्वाचित हुनुभएको हो । अघि बिहान सकिएको मतगणनामा थापाले ६ हजार ५८४ मत प्राप्त गर्नुभएको छ । सभापतिका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभएको छ । ५४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । पार्टी सभापतिसहित केन्द्रीय कार्यसमिति चयनका लागि हिजो भएको चुनावमा ९६.२ प्रतिशत मत खसेको छ । विभिन्न २ सय ३१ पदका लागि ८ सय ११ जनाले उम्मेदवारी दिएका छन् । यसमध्ये वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतितर्फ पुष्पा भुसाल र काठमाण्डौ उपत्यकाको महिलातर्फ केन्द्रीय सदस्यमा अमिता…
Read More
स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु : कारण पत्ता लगाउन समिति गठन

स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु : कारण पत्ता लगाउन समिति गठन

काठमाण्डौ, २३ असोज । कास्कीको पोखरामा शुक्रबार बिहान भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न पोखरा महानगरपालिकाले समिति गठन गरेको छ । दुर्घटनाको सत्य÷तथ्य पत्ता लगाउन, कारण पहिचान गर्न र आउँदा दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय सुझाउन महानगरले समिति गठन गरेको हो । महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई सदस्य रहनुभएको छ । समितिलाई दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयमा विस्तृत अध्ययन तथा छानबिन गरी ५ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।पोखरा…
Read More
सरकारले निजी क्षेत्रलाई आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ

सरकारले निजी क्षेत्रलाई आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ

बुटवल, २३ असोज । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले नीजि क्षेत्रलाई आशा जगाउन नसकेको बताउनु भएको छ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको ७३ औं साधारणसभा तथा २६ औं अधिवेशनलाई शुक्रबार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले नीजि क्षेत्रलाई थुनेर समस्याको समाधान नहुने बताउनुभयो । उनले पछिल्लो समय उद्योगधन्दामाको व्यापारमा गिरावट आउनुका साथै बजार समेत सुस्ताएको बताउँदै यसलाई उठाउनका लागि निजी क्षेत्रको मनोबल बढाउनुपर्ने बताउनुभयो । त्यस अवसरमा प्रतिनिधिसभा सदस्य मञ्जु भुसालले यस क्षेत्रका निर्माण पूरा हुन नसकेका विकास योजनाहरु मोतिपुर औद्योगिक क्षेत्र, झुम्सा खानेपानी आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, औद्योगिक प्रदर्शनी स्थल लगायतलाई चाँडो…
Read More
सफल केयरगिभरका दुई सयबढी विद्यार्थी दीक्षित

सफल केयरगिभरका दुई सयबढी विद्यार्थी दीक्षित

बुटवल, २२ असोज । बुटवल–४ पाल्पा रोडमा मुख्य कार्यालय रहेको सफल केयरगिभर तालिम केन्द्रको दीक्षान्त तथा प्रमाणपत्र वितरण समारोह आज सम्पन्न भएको छ। तिलोत्तमा–१३, कोटिहवास्थित टाइगर प्यालेस रिसोर्टमा आयोजित समारोहमा तालिम पूरा गरेका २०० जना विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको हो।समारोहमा विद्यार्थी, अभिभावक, प्रशिक्षक, स्वास्थ्य संस्था तथा विभिन्न साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा तालिम पूरा गरेका विद्यार्थीहरूको मेहनत र उपलब्धिको सम्मान गर्दै उनीहरूको आगामी व्यावसायिक यात्राका लागि शुभकामना व्यक्त गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले तालिम अवधिमा हासिल गरेको ज्ञान, सीप तथा अनुभव प्रस्तुत गर्दै आगामी दिनमा केयरगिभर पेसामार्फत आफ्नो व्यावसायिक जीवन अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।सफल केयरगिभर तालिम केन्द्रका…
Read More
लायन्स शुभपाईलाद्वारा निःशुल्क आखाँ तथा दन्त शिविर

लायन्स शुभपाईलाद्वारा निःशुल्क आखाँ तथा दन्त शिविर

बुटवल, २२ असोज । लायन्स क्लव अफ बुटवल शुभपाईलाले निःशुल्क आखाँ जाचँ शिविर तथा दन्त शिविर कार्यक्रम गरेको छ । विश्व दृष्टि दिवसको अवसरमा लायन्स क्लव अफ बुटवल शुभपाईलाले तिलोत्तमा भलवारीमा रहेको ब्रिटिस ग्रामर स्कुलमा आखाँ जाचँ शिविर तथा दन्त शिविर गरेको हो । शुभपाइलाका अध्यक्ष सन्जिवना आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेशनल ३२५ पीका डिष्ट्रिक गर्भनर सन्दीप कसौधनले लायन्सले सामाजिक उत्तरदायित्व बहन कार्यक्रम अन्तरगत विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । उहाँले समाजमा सेवाभावका कार्यक्रमलाई लायन्सले निरन्तर गर्दै आएको उल्लेख गर्दै दन्त शिविर, आखाँ शिविर, समाजिक सचेतनामुलक कार्यक्रमहरुलाई निरन्तरता दिएको बताउनुभयो । शुभपाईलाकी उपाध्यक्ष…
Read More
बुटवलको रमाइलो मेलामा दिपक बज्राचार्य र तृष्णा गुरुङ्ग आउने

बुटवलको रमाइलो मेलामा दिपक बज्राचार्य र तृष्णा गुरुङ्ग आउने

बुटवल । बुटवल देवीनगरमा लागेको रमाईलो मेलामा दिप्रतिदिन दर्शकको संख्या बढ्दै गएको आयोगकले बताएका छन् । गएको असोज १६ गतेदेखि लागेको मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती र महोत्सवमा राखिएको स्टलमा दर्शको सहभागिता बढेको आयोजक संस्था रेड रक इभेन्ट म्यानेजमेन्टले जानकारी दियो । बुधबार आयोजकले मेला स्थलमै पत्रकार सम्मेलन गरि मेलामा दर्शकको संख्या बढ्दै गएको र कलाकार र विभिन्न ब्याण्डको प्रस्तुती सहित कन्सल्ट पनि संचालन गरिएको जानकारी दिनुभयो । मेलाका कार्यक्रम संयोजक टेक बहादुर गुरुङ्गले मेलामा असोज २३ गते तृष्णा गुरुङ्ग र एमआरडी, २४ गते शनिबार मम्मी आइडियल, २६ गते दिपक बज्राचार्य, २९ गते हिपहप आइडियल, ३० गते डान्स अईडियल…
Read More
बुटवलमा टीभिएस  महाएक्सचेन्ज मेला, १० लाखसम्म नगद छुट र सय प्रतिशतसम्म क्यासब्याक

बुटवलमा टीभिएस महाएक्सचेन्ज मेला, १० लाखसम्म नगद छुट र सय प्रतिशतसम्म क्यासब्याक

बुटवल । दशैंको अवसर पारेर बुटवलमा ‘TVS महा एक्सचेन्ज’ मेला आयोजना हुने भएको छ। टीभीएसको आधिकारिक विक्रेता बालाजी अटोमोबाइल्स बुटवलले बुटवल–८, भाटभटेनी सुख्खानगरमा असोज २२ गतेदेखि २८ गतेसम्म विशेष एक्सचेन्ज मेला आयोजना गर्न लागेको हो। मेलामा पुरानो मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गरी नयाँ टीभीएस सवारी खरिद गर्ने ग्राहकलाई १० लाख रुपैयाँसम्म नगद छुट, १०० प्रतिशतसम्म क्यासब्याक तथा ‘गोल्डेन की’मार्फत आकर्षक उपहार जित्ने अवसर उपलब्ध गराइने जनाइएको छ। पुराना सवारीको मूल्यांकनका लागि ५० भन्दा बढी भ्यालुएटरको व्यवस्था गरिएको छ। साथै, नागरिकता तथा ड्राइभिङ लाइसेन्सका आधारमा सहज फाइनान्स सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ। नयाँ टीभीएस सवारी खरिद गर्ने ग्राहकले ५ वर्षसम्म…
Read More
यस वर्षको दशै कार्तिक ४ मा : उत्तम साइत बिहान १०ः२६ बजे

यस वर्षको दशै कार्तिक ४ मा : उत्तम साइत बिहान १०ः२६ बजे

काठमाडौं, २० असोज । यस वर्षको दशैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजया दशमीका दिन बिहान ८ः४९ बजे देवी विसर्जनको साइत छ । टीका लगाउँदा लगाइमाग्ने पश्चिम दिशा फर्किनुपर्ने जनाइएको छ । असोज २५ गते आइतबार नवरात्रारम्भ तथा घटस्थापना हुनेछ । घटस्थापनाको शुभसाइत बिहान ११ः४७ बजे रहेको छ । उक्त दिन चित्रा नक्षत्र र वैधृति योगसमेत परेकोले घटस्थापना गर्नुअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिएको छ ।असोज २६ गते सोमबार बिहान १०ः०७ बजे झण्डा फेर्ने शुभसाइत रहेको छ । झण्डा पश्चिम मोहडा…
Read More
भोटेकोशी बाढीका कारण नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा सीमित हुने

भोटेकोशी बाढीका कारण नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा सीमित हुने

काठमाण्डौ, २० असोज । रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले नेपालको आर्थिक वृद्धिदर चालू आर्थिक वर्ष २०८३÷८४ मा ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।विश्व बैंकले मंगलबार सार्वजनिक गरेको नेपालको विकाससम्बन्धी अद्यावधिक प्रतिवेदन ‘भविष्यका लागि फरक ढङ्गले पुनर्निर्माण’ मा बाढीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख छ । बाढीका कारण जलविद्युत्, सौर्य ऊर्जा, विद्युत् प्रसारण र यातायात पूर्वाधारमा क्षति पुगेकाले विद्युत् उत्पादन, औद्योगिक गतिविधि र वस्तु ढुवानी प्रभावित हुने विश्व बैंकको आँकलन छ ।कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित…
Read More