२०८३ भाद्र ८
२०८३ भाद्र ८
काठमाण्डौ, ८ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरुसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । हिजो काठमाण्डौमा भएको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । विगतमा अरु नेता र दललाई दोष दिएर आफूलाई अग्लो देखाउने अवस्था भए पनि अब त्यस्तो ठाउँ रास्वपासँग नरहेको उहाँको भनाइ थियो । उहाँले विगतको असफलता र कमजोरीलाई लिएर निरन्तर आलोचना गरिरहनुभन्दा आउँदो पुस्ता र देशको भविष्यका लागि दीर्घकालीन योजना निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । ३५ वर्षमा पुराना राजनीतिक दलहरुले गरेका सकारात्मक कामहरुप्रति धन्यवाद दिनुपर्ने उहाँले बताउनुभयो ।…
