Skip to main content

Batauli News

Advertisement

बिहीबारदेखि ठुलो पानी पर्ने : मौसमविदद्वारा सतर्कता अपनाउन आह्वान

Advertisement

बटौली न्यूज

काठमाण्डौ । यही असोज ८ गते अर्थात् आउँदो बिहीबारदेखि पाँच दिन नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ । त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेलले असोज ८ देखि १२ गतेसम्म पूर्वदेखि पश्चिमसम्म भीषण वर्षा हुन सक्ने भन्दै किसान र सर्वसाधारणलाई सतर्कता अपनाउन आह्वान गर्नुभएको छ । यस्तै मौसम तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायले पनि बङ्गालको खाडी र अण्डमान सागरका बीचमा तीव्र गतिमा विकसित भइरहेको न्यून चापीय प्रणाली अब केही दिनमा चक्रवाति आँधीमा परिणत हुने सम्भावना बढेको उल्लेख गर्नुभएको छ ।
सामाजिक सञ्जालमा लेख्दै उहाँले आँधीमा परिणत भएमा त्यसको नाम अर्नब हुने र यसको प्रभाव नेपालमा असोजको ८, ९ र १० मा पर्ने देखिने उल्लेख गर्नुभएको छ । ती तीन दिन सुदूरपश्चिम बाहेकका क्षेत्रमा लामो दूरीको यात्रा स्थगन गर्नु उपयुक्त हुने भन्दै उहाँले वर्षाको तीव्रता कति हुने भन्नेबारे अझै प्रस्टसँग निक्र्योल हुन बाँकी रहेको उल्लेख गर्नुभएको छ । मौसमविद्हरूको अनुमान र सुझावपछि सामाजिक सञ्जालमा चर्चा चुलिएको हो । यसैबीच सरकारी निकाय जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले भने अवस्था पूर्ण स्पष्ट भई नसकेको जनाएको छ ।
महाशाखाका अनुसार यो प्रणाली नेपालबाट निकै टाढा छ । यद्यपि, असोज ६ गतेपछि पूर्वबाट यसको आंशिक प्रभाव शुरु भई हप्ताको अन्त्यतिर कोशी, मधेस र बागमती प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने महाशाखाको साप्ताहिक बुलेटिनमा उल्लेख छ । मौसमविद्हरूका अनुसार यो प्रणालीका कारण पहाड र हिमालभन्दा मध्य नेपालका तराई तथा काठमाण्डौ उपत्यकामा वर्षाको सम्भावना बढी छ । प्रणालीको दिशा अझै परिमार्जन हुन सक्ने भएकाले अफवाहको पछि नलागी आफ्ना पछिल्ला सूचनामा ध्यान दिन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको ...
बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र...
कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

बुटवल। कसौधन समुदायका सदस्यहरूले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन्। कसौधन सेवा समिति, महिला समि...
आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

बुटवल । आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले आफ्नो २८ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका विच मनाएको छ । अस्पतालल...

यो पनि पढौँ

छुटाउनुभयो कि?