Skip to main content

Batauli News

Advertisement

Day: २०८३ आश्विन ६

बिहीबारदेखि ठुलो पानी पर्ने : मौसमविदद्वारा सतर्कता अपनाउन आह्वान

बिहीबारदेखि ठुलो पानी पर्ने : मौसमविदद्वारा सतर्कता अपनाउन आह्वान

काठमाण्डौ । यही असोज ८ गते अर्थात् आउँदो बिहीबारदेखि पाँच दिन नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ । त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेलले असोज ८ देखि १२ गतेसम्म पूर्वदेखि पश्चिमसम्म भीषण वर्षा हुन सक्ने भन्दै किसान र सर्वसाधारणलाई सतर्कता अपनाउन आह्वान गर्नुभएको छ । यस्तै मौसम तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायले पनि बङ्गालको खाडी र अण्डमान सागरका बीचमा तीव्र गतिमा विकसित भइरहेको न्यून चापीय प्रणाली अब केही दिनमा चक्रवाति आँधीमा परिणत हुने सम्भावना बढेको उल्लेख गर्नुभएको छ । सामाजिक सञ्जालमा लेख्दै उहाँले आँधीमा परिणत भएमा त्यसको नाम अर्नब हुने र यसको प्रभाव नेपालमा…
Read More
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन आज अमेरिकाको न्यूयोर्क जानुहुने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिनुभएकोछ । प्रधानमन्त्री शाह आफू राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ ७ बजे अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दै हुनुहुन्छ । उहाँले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नुभएको थियो । उक्त सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोक्नुभएको हो । प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका छ। उहाँ असोज १० गते स्वदेश फिर्ता हुने तालिका रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Read More