Skip to main content

Batauli News

Advertisement

प्राइम द्वारा बुटवलमा रक्तदान, ६४ युनिट रगत संकलन

Advertisement

बटौली न्यूज

बुटवल । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो स्थापनाको २०औँ वर्ष प्रवेशको अवसरमा बुटवल प्रदेश कार्यालयमा बुधवार रक्तदान कार्यक्रम गरेको छ।
‘रक्तदान महादान’ भन्ने सन्देशसहित आयोजना गरिएको कार्यक्रममा पछिल्लो समय रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा घाइते भएकाहरूलाई आवश्यक पर्ने रगतमा सहयोग पुगोस् भन्ने उद्देश्य रक्तदान कार्यक्रम गरेको बैंकका प्रदेश प्रमुख कुश सुदन सिंहले बताउनुभयो।

कार्यक्रममा बैंकका कर्मचारी, सेवाग्राही तथा शुभेच्छुकहरूले उत्साहपूर्वक रक्तदान गरेका थिए। नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र, बुटवलको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ६४ युनिट रगत संकलन भएको बैंकले जनाएको छ।
स्थापना दिवसको अवसरमा बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न रचनात्मक तथा सामाजिक कार्यक्रम गर्दै आएको प्रदेश प्रमुख सिंहले बताउनुभयो।
यसै अवसरमा बैंकको प्रदेश कार्यालय बुटवलमा केक काटेर शुभकामना आदान–प्रदानसमेत गरिएको थियो। कार्यक्रममा प्रदेश प्रमुख सिंहसहित बैंकका विभिन्न शाखाका शाखा प्रबन्धक तथा कर्मचारीहरूको उपस्थिति  रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खबर

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको ...
बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र...
कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

बुटवल। कसौधन समुदायका सदस्यहरूले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन्। कसौधन सेवा समिति, महिला समि...
आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

बुटवल । आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले आफ्नो २८ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका विच मनाएको छ । अस्पतालल...

यो पनि पढौँ

छुटाउनुभयो कि?