Skip to main content

Batauli News

Advertisement

बुटवल उपमहानगरद्वारा आम्दा अस्पताललाई दश बालउपचार क्यावीन हस्तान्तरण

Advertisement

बटौली न्यूज

बुटवल । आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलमा बाल स्वास्थ्य विभागका लागि बाल स्वास्थ्य उपचार क्याविन संचालन हुने भएको छ । आम्दा अस्पतालमा उपचारकालागि बालबालिकाहरुलाई उपचारमा सहजताकालागि क्याविनको आवश्यकता पर्ने भएकाले अस्पतालमा क्याविनको संचालन गरिने भएको हो । बुटवल उपमहानगरपालिकाको सहयोगमा अस्पतालको बच्चा वार्डको माथिल्लो तल्लामा क्याविन संचालनको तयारी गरिएको अस्पतालका मेडिकल सुपरीडेण्डेन्ट डा. विनोद पराजुलीले जानकारी दिनुभयो । बुटवल उपमहानगरपालिकाको ८४ लाख ६० हजार रुपैयाँमा १० वटा क्याविन सहितको माथिल्लो भवन निर्माण गरिएको मेसु डा. पराजुलीले जानकारी दिनुभयो । अस्पतालमा उपचार गर्न आएका विरामीहरुको सहजताकालागि अस्पतालमा बच्चा क्याविन संचालन गर्ने योजनालाई बुटवल उपमहानगरपालिकाको सहयोग गरेकोमा धन्यवाद दिदै आउने दशै तिहार भित्रै पुर्ण रुपमा क्याविन संचालन गरिने उहाँले जानकारी दिनुभयो ।

बुटवल उपमहानगरपालिकाले निर्माण गरेको क्याविन नगरप्रमुख खेलराज पाण्डेले एक कार्यक्रमका विच सोमबार अस्पताललाई हस्तान्तरण गर्नु भएको हो । आम्दा अस्पतालका अध्यक्ष समेत रहनु भएका मेयर खेलराज पाण्डेयले अवसरमा बोल्दै आम्दालाई प्रतिष्ठानका रुपमा विकास गर्न र तीन सय शैय्याको अस्पतालका रुपमा विकास गर्न पद र कुर्चिकालागि तछाडमछाड होईन, काम गर्नेको टिकाटिप्पणी भन्दापनि सहयोग गर्न सुझाव दिनुभयो । कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले अस्पताललाई बालबालिका र महिलाले अपनत्व लिने र सबैले आफ्नै अस्पतालका रुपमा हेर्ने खालको बनाउनु पर्ने सुझाव दिनुभयो । उहाँले यस क्षेत्रको एक मात्र बाल तथा महिला अस्पताल भएकाले यसको विकासकालागि सबैबीचको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

अस्पतालका मेट्रोन कल्पना विश्वकर्माको संचालनमा भएको कार्यक्रममा अस्पताल संचालक समिति सदस्य जीवनप्रसाद वझा, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, अस्पतालका पुर्व मेसु डा. राजेन्द्र प्रसाद बस्याल, जनशक्ति ब्यवस्थापन अधिकृत देव खनाल, इन्जिनियर मोहनराज पौडेललगायतले आआफ्ना भनाई राख्दै आम्दालाई नमुना अस्पतालका रुपमा विकास गर्नु पर्ने धारणा राख्नु भएको थियो । दश वटा क्याविन सहित निर्माण भएको भवनमा वयटिङ रुम, काउन्टरलगायतका संरचना रहेको र अटेज बाथरुम सहितका क्यावीन निर्माण गरिएको अस्पतालका प्रशासक खगेन्द्र क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खबर

बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र...
कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

बुटवल। कसौधन समुदायका सदस्यहरूले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन्। कसौधन सेवा समिति, महिला समि...
आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

बुटवल । आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले आफ्नो २८ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका विच मनाएको छ । अस्पतालल...
मौसममा क्रमिक सुधार हुदैँ, अब धान काट्न सकिने

मौसममा क्रमिक सुधार हुदैँ, अब धान काट्न सकिने

काठमाण्डौ, १५ कार्तिक । मौसममा क्रमिक सुधार हुन थालेको छ । आइतबार बिहान तराई क्षेत्र विशेष गरी पश्चिम र मध्य तराईमा बाक्लो हुस्सु÷...

यो पनि पढौँ

छुटाउनुभयो कि?