२०८३ आश्विन ५
२०८३ आश्विन ५
बुटवल । आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलमा बाल स्वास्थ्य विभागका लागि बाल स्वास्थ्य उपचार क्याविन संचालन हुने भएको छ । आम्दा अस्पतालमा उपचारकालागि बालबालिकाहरुलाई उपचारमा सहजताकालागि क्याविनको आवश्यकता पर्ने भएकाले अस्पतालमा क्याविनको संचालन गरिने भएको हो । बुटवल उपमहानगरपालिकाको सहयोगमा अस्पतालको बच्चा वार्डको माथिल्लो तल्लामा क्याविन संचालनको तयारी गरिएको अस्पतालका मेडिकल सुपरीडेण्डेन्ट डा. विनोद पराजुलीले जानकारी दिनुभयो । बुटवल उपमहानगरपालिकाको ८४ लाख ६० हजार रुपैयाँमा १० वटा क्याविन सहितको माथिल्लो भवन निर्माण गरिएको मेसु डा. पराजुलीले जानकारी दिनुभयो । अस्पतालमा उपचार गर्न आएका विरामीहरुको सहजताकालागि अस्पतालमा बच्चा क्याविन संचालन गर्ने योजनालाई बुटवल उपमहानगरपालिकाको सहयोग गरेकोमा धन्यवाद दिदै…
