२०८३ कार्तिक १५
२०८३ कार्तिक १५
काठमाण्डौ ।प्रहरीविरुद्ध सामाजिक सञ्जाल र सञ्चारमाध्यममा गलत समाचार तथा सन्देश प्रवाह भएको विषयमा प्रधानमन्त्री कार्यालयले चासो देखाएपछि पत्रकारलाई साइबर ब्युरोमा बोलाएको प्रहरीले स्पष्टीकरण दिएको छ । प्रहरी प्रवक्ताको ह्वाट्सएप ग्रुपमार्फत सार्वजनिक गरिएको वक्तव्यमा समाचारको विषयमा प्रहरीको व्यावसायिकता, सर्वसाधारणप्रतिको विश्वास, सरकार र प्रहरी संगठनबिचको सम्बन्ध, अनुसन्धानलगायतका विषयमा जनमानसमा नकारात्मक भावना जाने विषयलाई लिएर प्रधानमन्त्री कार्यालयबाट भएको चासोप्रति क्रियाशील हुँदै सञ्चारकर्मीलाई साइबर ब्युरोमा बोलाइएको उल्लेख छ । सही मनसायले नै त्यसरी सञ्चारकर्मीलाई बोलाइएको प्रहरीको दाबी छ । समाचारको विषयमा पत्रकारमाथि हिजो भएको धरपकडको घटनामा प्रधानमन्त्रीको सचिवालय र नेपाल प्रहरीको वक्तव्य भने बाझिएको छ । प्रधानमन्त्रीको सचिवालयले यसमा प्रधानमन्त्री कार्यालयको संलग्नता र पूर्वजानकारी…
