Skip to main content

Batauli News

Advertisement

सोमवारदेखि एनपीएल: बिजेताले डेढ करोड नगद पाउने

Advertisement

बटौली न्यूज

काठमाण्डौ, ८ कार्तिक ।सोमवार कात्तिक ९ गतेदेखि काठमाण्डौको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्रिकेट प्रेमीहरूको महोत्सव नेपाल प्रिमियर लिग (एनपीएल) शुरू हुँदैछ । तेस्रो संस्करणको एनपीएल आउँदो मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ । उद्घाटन खेलमा सोमबार दिउँसो साढे ४ बजे साबिक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स खेल्दैछन् । पहिलो पटक ‘डीआरएस’ प्रविधि, आईसीसीको मान्यता, विदेशी स्टार खेलाडीहरूको सहभागिताले एनपीएललाई विशेष बनाएको छ । एनपीएलमा पहिलो पटक ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) प्रयोग हुँदैछ । अघिल्ला संस्करणमा अम्पायरका केही निर्णयलाई लिएर प्रश्न उठेपछि खेलाडी र दर्शकले लामो समयदेखि यो प्रविधिको माग गर्दै आएका थिए ।
तेस्रो संस्करणको एनपीएलको विजेता टोलीले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने छ । गएको संस्करणको विजेता लुम्बिनी लायन्सले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाएको थियो । यस्तै पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले पनि १ करोड १० लाख रुपैयाँ पुरस्कार पाएको थियो । क्यानका अनुसार उपविजेता टोलीले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख रु चौथो हुने टोलीले ३० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

डीआरएस लागू भएपछि खेलाडीले अम्पायरको निर्णयमा चित्त नबुझे ‘रिभ्यु’ अर्थात् पुनरावलोकन माग गर्न पाउनेछन् । डीआरएसमा तेस्रो अम्पायरको सहयोगमा भिडियो र प्रविधिको प्रयोग गरी निर्णय जाँच गरिनेछ । यसबाट बलको दिशा र स्टम्पिङको विश्लेषण गर्न सकिन्छ । ब्याट र बलबीच सम्पर्क जाँच्न ‘एज डिटेक्शन’ र ‘साउन्ड वेभ’ प्रविधि प्रयोग हुनेछ । भिडियो ‘रिभ्यु’ बाट रनआउट, स्टम्पिङ, नो बल र वाइडको जाँच गर्न सकिनेछ । छक्काको दूरी मापन गर्नसमेत डीआरएसको प्रयोग हुनेछ । प्रत्येक टोलीले एक इनिङ्समा २ वटा ‘रिभ्यु’ लिन पाउने व्यवस्था छ । डीआरएसका कारण खेलमा झन्डै ३० मिनेट थप समय लाग्न सक्ने भएकाले खेल तालिकामा पनि थप समयको व्यवस्था गरिएको छ । एनपीएलका सबै खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले लिस्ट ‘ए’ टी–२० को आधिकारिक मान्यता दिएको छ । एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेटको विकास, व्यावसायिकता र अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धिमा थप योगदान पुग्ने क्यानको विश्वास छ ।
अब एनपीएलमा खेलाडीले बनाउने रन र लिने विकेट उनीहरूको आधिकारिक टी–२० करियरको तथ्याङ्कमा जोडिनेछन् । खेलाडीको व्यक्तिगत प्रदर्शन अन्तर्राष्ट्रिय टी–२० रेकर्डमा गणना हुनु यस संस्करणको मुख्य परिवर्तन हो । आधिकारिक मान्यता नहुँदा टेस्ट खेल्ने देशका खेलाडीलाई एनपीएलमा ल्याउन फ्रेन्चाइज टोलीलाई कठिनाइ थियो । आईसीसीको मान्यतापछि विदेशी खेलाडी अनुबन्ध गर्ने बाटो सहज भएको छ । यससँगै विश्व क्रिकेटमा स्थापित खेलाडीको सहभागिता बढेको छ ।

एनपीएलमा विदेशी खेलाडीको सहभागितालाई व्यवस्थित गर्न नयाँ व्यवस्था लागू गरिएको छ । प्रत्येक फ्रेन्चाइज टोलीले ६ देखि ८ जनासम्म विदेशी खेलाडी राख्न पाउनेछन् । तर प्लेइङ–११ मा धेरैमा ४ जना विदेशी खेलाडीमात्र खेलाउन पाइनेछ जसमा एसोसिएट सदस्य राष्ट्रका कम्तीमा १ जना खेलाडी हुनुपर्ने व्यवस्था छ ।क्यानले पहिलो र दोस्रो संस्करणमा देखिएका समस्या सुधार गर्दै सिट सङ्ख्या थप, शौचालय सुधार, पिच परिमार्जनलगायतका काम पनि गरेको छ । एनपीएल दोस्रो संस्करणको तुलनामा यस पटक झन्डै २ हजार सिट सङ्ख्या थप गरिएको छ । दर्शकका लागि छाना भएको प्यारापिटको व्यवस्था पनि गरिएको छ ।
दर्शकले टिकट काटेर मैदान प्रवेश गरेदेखि खेल हेरेर फर्किँदासम्म सहज रूपमा आवतजावत गर्न सक्ने वातावरण बनाउन व्यवस्थापनमा सुधार गरिएको क्यानले जनाएको छ । अघिल्लो संस्करणमा दर्शकले शौचालयको अपर्याप्त सुविधा र मैदानमा आवतजावत गर्दा धूलोको समस्या भोग्नुपरेको गुनासो गरेका थिए । यस पटक ती समस्या दोहोरिन नदिन सुधारका काम गरिएको क्यानले जनाएको छ ।यस पटक कीर्तिपुर मैदानको पिचमा पनि काम गरिएको छ । नयाँ माटो प्रयोग गरेर पिचहरू परिमार्जन गरिएको छ भने मैदानको ‘आउटफिल्ड’ लाई थप हरियो र स्तरीय बनाइएको छ ।
प्रतियोगिताका लागि खेलाडी र सञ्चारकर्मीका लागि पनि केही संरचना थपिएका छन् । खेलाडीका लागि निजी भोजन सुविधासहितको डग आउट बनाइएको छ । सञ्चारकर्मीका लागि मिडिया सेन्टर थप व्यवस्थित गरिएको छ । एलईडी स्कोर बोर्डले रङ्गशालामा डिजिटल प्रदर्शनका लागि थप सुविधा उपलब्ध गराएको छ । एनपीएलमा लुम्बिनी र सुदूरपश्चिमसहित विराटनगर किङ्ग्स, चितवन राइनोज, पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाण्डु गुर्खाज र पोखरा एभेन्जर्स गरी ८ वटा टोली सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित खबर

बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र...
कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

बुटवल। कसौधन समुदायका सदस्यहरूले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन्। कसौधन सेवा समिति, महिला समि...
आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

बुटवल । आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले आफ्नो २८ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका विच मनाएको छ । अस्पतालल...
मौसममा क्रमिक सुधार हुदैँ, अब धान काट्न सकिने

मौसममा क्रमिक सुधार हुदैँ, अब धान काट्न सकिने

काठमाण्डौ, १५ कार्तिक । मौसममा क्रमिक सुधार हुन थालेको छ । आइतबार बिहान तराई क्षेत्र विशेष गरी पश्चिम र मध्य तराईमा बाक्लो हुस्सु÷...

यो पनि पढौँ

छुटाउनुभयो कि?