Skip to main content

Batauli News

Advertisement

Day: २०८३ कार्तिक ९

सोमवारदेखि एनपीएल: बिजेताले डेढ करोड नगद पाउने

सोमवारदेखि एनपीएल: बिजेताले डेढ करोड नगद पाउने

काठमाण्डौ, ८ कार्तिक ।सोमवार कात्तिक ९ गतेदेखि काठमाण्डौको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्रिकेट प्रेमीहरूको महोत्सव नेपाल प्रिमियर लिग (एनपीएल) शुरू हुँदैछ । तेस्रो संस्करणको एनपीएल आउँदो मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ । उद्घाटन खेलमा सोमबार दिउँसो साढे ४ बजे साबिक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स खेल्दैछन् । पहिलो पटक ‘डीआरएस’ प्रविधि, आईसीसीको मान्यता, विदेशी स्टार खेलाडीहरूको सहभागिताले एनपीएललाई विशेष बनाएको छ । एनपीएलमा पहिलो पटक ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) प्रयोग हुँदैछ । अघिल्ला संस्करणमा अम्पायरका केही निर्णयलाई लिएर प्रश्न उठेपछि खेलाडी र दर्शकले लामो समयदेखि यो प्रविधिको माग गर्दै आएका थिए । तेस्रो संस्करणको एनपीएलको विजेता टोलीले १…
Read More
नेपालका हजारौँ सरकारी वेबसाइट बन्द

नेपालका हजारौँ सरकारी वेबसाइट बन्द

काठमाण्डौ । वेबसाइट निर्माणमा प्रयोग हुने ‘पीएचपी’ कोडिङ प्रणालीमा विश्वव्यापी रूपमा सुरक्षा जोखिम भेटिएपछि सम्भावित साइबर आक्रमणबाट बच्न गएको बिहीवार कात्तिक ५ गतेदेखि नेपालका हजारौँ सरकारी वेबसाइट बन्द गरिएका छन् । वेबसाइट बन्द हुँदा नयाँ लाइसेन्सको अनलाइन फाराम, मालपोतको भू–सेवा र राजस्व अनुसन्धानको भीसीटीएसजस्ता अत्यावश्यक सेवाहरू ठप्प भएका छन् ।नेपाल राष्ट्र बैंकको वेबसाइटसमेत बन्द हुँदा दैनिक विदेशी मुद्राको विनिमय दर र ब्याजदरसम्बन्धी जानकारी लिन सामाजिक सञ्जालको सहारा लिनुपरेको छ । निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरूले ३–४ घण्टाभित्रै प्रणाली सुरक्षित बनाएर सेवा शुरू गरिसके पनि सरकारी निकाय भने ४ दिनदेखि अलमलमै देखिन्छन् । यसले सरकारको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाएको छ…
Read More