Skip to main content

Batauli News

Advertisement

साबिक विजेता लुम्बिनी लायन्सको एनपीएलमा विजयी शुरुवात

Advertisement

बटौली न्यूज

काठमाण्डौ । साबिक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणमा विजयी शुरुवात गरेको छ । आज टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो ।  सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीका डार्सी सर्टले ४० र आशिफ शेखले ३२ रन बनाए । सुदूरपश्चिमका अनिल खरेलले दुई तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७ ओभर २ बलमा ८७ रनमा अलआउट भएको थियो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए । लुम्बिनीका किशोर महतोले ४ र शेर मल्लले ३ विकेट लिए ।  एनपीएलमा भोलि दुई खेल हुनेछन् । पहिलो खेल दिउँसो साढे १२ बजे चितवन राइनोज र विराटनगर किंग्सबीच हुनेछ भने बेलुका ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खबर

बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र...
कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

बुटवल। कसौधन समुदायका सदस्यहरूले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन्। कसौधन सेवा समिति, महिला समि...
आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

बुटवल । आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले आफ्नो २८ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका विच मनाएको छ । अस्पतालल...
मौसममा क्रमिक सुधार हुदैँ, अब धान काट्न सकिने

काठमाण्डौ, १५ कार्तिक । मौसममा क्रमिक सुधार हुन थालेको छ । आइतबार बिहान तराई क्षेत्र विशेष गरी पश्चिम र मध्य तराईमा बाक्लो हुस्सु÷...

यो पनि पढौँ

छुटाउनुभयो कि?