Skip to main content

Batauli News

Advertisement

Day: २०८३ कार्तिक १०

साबिक विजेता लुम्बिनी लायन्सको एनपीएलमा विजयी शुरुवात

साबिक विजेता लुम्बिनी लायन्सको एनपीएलमा विजयी शुरुवात

काठमाण्डौ । साबिक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणमा विजयी शुरुवात गरेको छ । आज टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो ।  सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीका डार्सी सर्टले ४० र आशिफ शेखले ३२ रन बनाए । सुदूरपश्चिमका अनिल खरेलले दुई तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७ ओभर २ बलमा ८७ रनमा अलआउट भएको थियो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए । लुम्बिनीका किशोर महतोले ४…
Read More
बुटवलमा सरायँ नाँच

बुटवलमा सरायँ नाँच

बुटवल । बुटवलको जितगढीस्थित दुर्गा मन्दिरको प्राङ्गणमा १३ औँ सरायँ नाच सम्पन्न भएको छ । धार्मिक आस्था र मौलिक संस्कृतिसँग जोडिएको सरायँ नाचले नेपाली परम्परा र सांस्कृतिक पहिचानलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्दैआएको छ । पहिले अर्घाखाँची, गुल्मी क्षेत्रमा दसैंपछि पूर्णिमासम्म विजयउत्सवको रूपमा खेलिने सरायँ नाच बसाइँ सराइसँगै तराईमा सुरू भएको हो । विशेषगरी अर्घाखाँची, गुल्मी, पूर्वी प्युठान र पश्चिम पाल्पाका विभिन्न कोटबाट विस्तार भएको सरायँ नाच अहिले बुटवल, काठमाडौं, लमही, वाणगंगा, गोरुसिङ्गे, पथ्थरकोट र घोराहीसहित विभिन्न सहरमा पनि नाचिने गरिन्छ। बुटवलको जितगढीमा आयोजना हुँदैआएको सरायँ नाचले पनि यस क्षेत्रको सांस्कृतिक परम्परालाई निरन्तरता दिएको संस्थापक ऋषि आजादले बताउनुभयो ।अध्यक्ष दिपक…
Read More
प्रधानमन्त्री राहत कोषमा १८ अर्बबढी रकम संकलन

प्रधानमन्त्री राहत कोषमा १८ अर्बबढी रकम संकलन

काठमाण्डौ, ९ कार्तिक । भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै चलिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषको विभिन्न बैङ्कका खातामा आज विहान मौज्दात रकम १८ अर्ब ९ करोड ३२ लाख ३६ हजार ८५२ रुपैयाँ पुगेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैङ्कमा मैज्दात १३ अर्ब ४८ करोड चार लाख २९ हजार ६४ रुपैयाँ र हिमालयन बैङ्क तथा लक्ष्मी सनराइज बैङ्कमा तीन करोड चार लाख ९१ हजार ४४४ अमेरिकी डलर पुगेको छ ।
Read More