Skip to main content

Batauli News

Advertisement

बुटवलमा सरायँ नाँच

Advertisement

बटौली न्यूज

बुटवल । बुटवलको जितगढीस्थित दुर्गा मन्दिरको प्राङ्गणमा १३ औँ सरायँ नाच सम्पन्न भएको छ । धार्मिक आस्था र मौलिक संस्कृतिसँग जोडिएको सरायँ नाचले नेपाली परम्परा र सांस्कृतिक पहिचानलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्दैआएको छ । पहिले अर्घाखाँची, गुल्मी क्षेत्रमा दसैंपछि पूर्णिमासम्म विजयउत्सवको रूपमा खेलिने सरायँ नाच बसाइँ सराइसँगै तराईमा सुरू भएको हो ।

विशेषगरी अर्घाखाँची, गुल्मी, पूर्वी प्युठान र पश्चिम पाल्पाका विभिन्न कोटबाट विस्तार भएको सरायँ नाच अहिले बुटवल, काठमाडौं, लमही, वाणगंगा, गोरुसिङ्गे, पथ्थरकोट र घोराहीसहित विभिन्न सहरमा पनि नाचिने गरिन्छ। बुटवलको जितगढीमा आयोजना हुँदैआएको सरायँ नाचले पनि यस क्षेत्रको सांस्कृतिक परम्परालाई निरन्तरता दिएको संस्थापक ऋषि आजादले बताउनुभयो ।अध्यक्ष दिपक पन्थीले परम्परागत संस्कृति जोगाउन र जितगढीको महिमालाई जोगाउन सरायँलाई निरन्तरता दिएको बताउनुभयो।

पञ्चेवाजासहित भएको सराय नाचमा स्थानीय तथा संस्कृतिप्रेमीहरूको सहभागिता रहेको थियो। नेपाली बृहत् शब्दकोशमा अर्घाखाँचीलाई सरायँको व्युत्पत्तिस्थल मानिएको छ।यहाँको सरायमा बुटवलका मेयर खेलराज पाण्डेय, उपप्रमुख साबित्रादेवी अर्याल र वडाध्यक्ष नारायण पुन लगायतको सहभागिता थियो।

प्रतिक्रिया

सम्बन्धित खबर

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको ...
बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र...
कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

बुटवल। कसौधन समुदायका सदस्यहरूले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन्। कसौधन सेवा समिति, महिला समि...
आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

बुटवल । आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले आफ्नो २८ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका विच मनाएको छ । अस्पतालल...

यो पनि पढौँ

छुटाउनुभयो कि?