Skip to main content

Batauli News

Advertisement

चितवन राइनोजको रोमाञ्चक जित

Advertisement

बटौली न्यूज

काठमाडौँ,  । नेपाल प्रिमियर लिग (एनपिएल) ३ मा चितवन राइनोजले मङगलबार विराटनगर किङ्सलाई आठ रनले हराएर विजयी सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङगशालामा टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा प्रतिस्पर्धात्मक १५७ रनको स्कोर तयार पारेको थियो । वेस्ट इन्डिजका सुपरस्टार अलराउन्डर आन्द्रे रसेलको विस्फोटक पालि हुँदाहुँदै विराटनगर किङ्स जवाफमा तीन बल अघि नै १४९ रनमा समेटियो । चितवनको पालि इङगल्यान्डका प्रारम्भिक ब्याट्सम्यान डेभिड मलानको अर्धशतकीय पालिले राम्रो भएको हो । उहाँ एनपिएल ३ मा अर्धशतक बनाउने पहिलो ब्याट्सम्यान पनि बन्नुभयो । मलानले ७० रनको उत्कृष्ट पालि खेल्नुभयो । ५० बलको सामना गरी पाँच चौका र पाँच छक्का प्रहार गरेपछि मलान वेस्टइन्डिजका रसेलको बलिङमा बोल्ड हुनुभयो ।

यसैगरी इङगल्यान्डका दुई ब्याट्सम्यन रवि बोपारा र डान माउस्लीले चौथो विकेटका लाग अविजित ६७ रनको साझेदारी निर्वाह गर्नुभयो । बोपाराले २६ बलमा एक चौका र दुई छक्कासहित ३२ र माउस्लीले २२ बलमा दुई चौका प्रहार गरेर २९ रन बनाउनुभयो । चितवनका घरेलु खेलाडी ब्याट्सम्यानहरुले निराश पारे । प्रारम्भिक ब्याट्सम्यान देव खनाल १५ बलमा १२, अर्जुन साउद ९ बलमा तीन रन बनाएर आउट हुनुभयो ।

विराटनगरले लक्ष्य पछ्याउने क्रममा राम्रो सुरुआत गरेको थियो । प्रारम्भिक ब्याट्सम्यानद्वय लोकेश बम र इमरान शेखले ४.३ ओभरमै ४० रन बटुलेपछि विराटनगरले राम्रो सुरुआत पाएको हो । लोकेश १४ बलमा चार चौका र एक छक्का प्रहार गरी २६ रनमा आउट हुनुभयो । इमरानले ३१ बलमा सर्वाधिक ३९ रन बनाउनुभयो । उहाँको पालिमा चार चौका र दुई छक्का सामेल थियो । श्रीलङ्काका असलन्का ९८ रन, म्याथ्युज ९१४ रन र  बसिर अहमद ९१३ रन ले सुरुआत पाएर पनि त्यसलाई म्याच जित्ने पालिमा बदल्न सक्नुभएन । यद्यपि रसेलले चार छक्का र एक चौकासहत १७ बलमा ३३ रन बनाएपछि विराटनगर जिततर्फ अग्रसर थियो ।

चितवनका बलरहरुले अन्तिम समयमा शानदार बलिङ गरेपछि एक समय चार विकेटको क्षतिमा १३२ रनको स्थितिमा रहेको विराटनगर १९.३ ओभरमा अलआउट भयो । शुभम रञ्जनले अन्तिम ओभरको पहिलो बलमा चौका प्रहार गरेर खेल रोचक बनाउनुभएको थियो तर दुई बलपछि उहाँ बोल्ड हुनुभयो र चितवनले रोमाञ्चक जित हात हार्‍यो। विराटनगरको पालिमा चार ओभरमा २६ रन खर्चेर सर्वाधिक चार विकेट लिने चितवनका तेज बलर कमलसिंह ऐरी म्यान अफ दि म्याच बन्नुभयो । यसैगरी रिजन ढकालले दुई तथा टम टेल, रञ्जित कुमार, माउस्ली र मोस्म ढकालले एक–एक विकेट लिनुभयो । चितवनका लागि प्रयोग भएका सबै बलर विकेट लिन सफल भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खबर

बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र...
कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

बुटवल। कसौधन समुदायका सदस्यहरूले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन्। कसौधन सेवा समिति, महिला समि...
आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

बुटवल । आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले आफ्नो २८ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका विच मनाएको छ । अस्पतालल...
मौसममा क्रमिक सुधार हुदैँ, अब धान काट्न सकिने

मौसममा क्रमिक सुधार हुदैँ, अब धान काट्न सकिने

काठमाण्डौ, १५ कार्तिक । मौसममा क्रमिक सुधार हुन थालेको छ । आइतबार बिहान तराई क्षेत्र विशेष गरी पश्चिम र मध्य तराईमा बाक्लो हुस्सु÷...

यो पनि पढौँ

छुटाउनुभयो कि?