Skip to main content

Batauli News

Advertisement

पत्रकारमाथि भएको धरपकडलाई लिएर सर्वत्र विरोध

Advertisement

बटौली न्यूज

काठमाण्डौ । प्रहरीले समाचारको विषयलाई लिएर हिजो विभिन्न सञ्चारमाध्यमको कार्यालयमा प्रवेश गरेर पत्रकारमाथि धरपकड गरेको छ । पत्रकारमाथि भएको धरपकडलाई लिएर सत्तारूढ रास्वपासहित विभिन्न राजनीतिक दल, पत्रकार सम्बद्ध संघसंस्था र नागरिक समाजले विरोध गरेका छन् ।

प्रहरीले पत्रकारमाथि हिजो गरेको गतिविधि २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि सञ्चारमाध्यममाथि गरेको नियन्त्रणलाई सम्झाउने किसिमको भएको धेरैको टिप्पणी छ ।सबैतिरबाट विरोध भएपछि पक्राउ परेका सबै पत्रकारलाई सोधपुछ गरेर हिजै छाडिएको छ । केही पत्रकारलाई प्रहरीको साइबर ब्यूरोमा बोलाइएको थियो । पत्रकारलाई समाचारको आधार, तथ्य, प्रमाण र स्रोतबारे सोधिएको थियो ।

केही दिनअघिदेखि बिचौलिया इनम सापकोटासँग प्रहरी प्रमुखदेखि प्रधानन्यायाधीश, न्यायाधीश, सांसदसम्मको नाम जोडिएको भन्दै सञ्चारमाध्यममा खबर सार्वजनिक भएपछि समाचारको स्रोत खोज्न भन्दै पत्रकारमाथि धरपकड भएको हो ।

नेपाल पत्रकार महासंघले पत्रकार पक्राउको निन्दा गर्दै यसलाई प्रेस स्वतन्त्रविरोधी कार्य भनेको छ । समाचार कक्षमा प्रवेश गरेर सादा पोसाकका प्रहरीले पत्रकारहरूलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालको आकस्मिक बैठकले समेत आपत्ति जनाएको छ ।

सञ्चारमाध्यममा भएको धरपकडका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भने आफूहरूलाई जानकारी नभएको दाबी गरेको छ ।साढे तीन महिनाअघि काठमाण्डौका तीन प्रमुख सञ्चारगृहका प्रवेशद्वारमा एकै समयमा शंकास्पद गाडी राखेर पत्रकारको आवागमन अवरुद्ध गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खबर

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको ...
बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र...
कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

बुटवल। कसौधन समुदायका सदस्यहरूले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन्। कसौधन सेवा समिति, महिला समि...
आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

बुटवल । आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले आफ्नो २८ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका विच मनाएको छ । अस्पतालल...

यो पनि पढौँ

छुटाउनुभयो कि?