Skip to main content

Batauli News

Advertisement

आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने

Advertisement

बटौली न्यूज

काठमाण्डौ । बंगालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातको प्रभावले अहिले पनि देशका धेरै ठाउँमा पानी परेको छ । उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको छ । धेरै ठाउँमा अस्ति बिहीबार बेलुकीदेखि नै लगातार झरी परिरहेको हो ।

अहिले पूर्वमा भन्दा मध्य र पश्चिमी भेगमा पानी पर्ने क्रम बढेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै ठाउँमा, सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा तथा कोशी, मधेश र बागमती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।पछिल्लो ६ घण्टामा मनाङको तालमा सबैभन्दा धेरै ७४ मिलिमिटर पानी परेको छ । अहिलेसम्म ठूलो बाढी आउने गरी कतै पानी नपरे पनि केही नदी खोलाहरुमा बाढीको सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो पनि कोशी, मधेश र बागमती प्रदेशका धेरै ठाउँमा, गण्डकी प्रदेशको केही ठाउँमा तथा लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भेगको केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपात हुनेछ ।लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगको थोरै ठाउँमा हल्का वर्षा तथा कोशी, मधेश र बागमती प्रदेशको एक/दुई ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसोदेखि ‘अर्नब’ चक्रवातको प्रभाव कम हुँदै जानेछ । त्यसपछि वर्षाको गतिविधि पनि क्रमिक रूपमा कम हुनेछ । अर्नबको प्रभाव कम हुने भए पनि हल्का वर्षाको सम्भावना कायमै रहेकाले ठाउँ विशेष मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन तथा आवश्यक सतर्कता अपनाउन मौसमविद्हरुको आग्रह छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको ...
बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र...
कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

बुटवल। कसौधन समुदायका सदस्यहरूले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन्। कसौधन सेवा समिति, महिला समि...
आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

बुटवल । आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले आफ्नो २८ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका विच मनाएको छ । अस्पतालल...

यो पनि पढौँ

छुटाउनुभयो कि?