Skip to main content

Batauli News

Advertisement
मनाइयो जेनजी स्मृति दिवस: नवयुवाका माग सम्बोधन हुन्छः मन्त्री गौतम

मनाइयो जेनजी स्मृति दिवस: नवयुवाका माग सम्बोधन हुन्छः मन्त्री गौतम

काठमाण्डौ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नवयुवा आन्दोलका शहीद तथा घाइतेहरूको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । जेन–जी शहीद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले मंगलबार आयोजना गरेको कार्यक्रममा कानूनमन्त्री गौतमले वर्तमान सरकारप्रति भरोसा राख्न आग्रह गर्नुभएको हो । उहाँले नवयुवा आन्दोलनका माग सम्बोधन गर्न दैनिक छलफल भइरहेको बताउनुभयो । लोकतन्त्रमा पनि गएको भदौ २३ गते नागरिकमाथि गोली चलेको भन्दै मन्त्री गौतमले अब त्यस्तो नियति कसैले भोग्न नपर्ने उल्लेख गर्नुभयो । उहाँले शहीद परिवार, घाइते तथा आन्दोलनसँग जोडिएका सबैलाई एक ठाउँमा आएर एकअर्कालाई सहयोग गर्न र ढाडस दिन पनि आग्रह गर्नुभयो । जेन–जीभित्रै विभाजन…
Read More
भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीका लागि झण्डै एक अर्ब रुपैयाँ बराबरको छात्रवृत्ति

भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीका लागि झण्डै एक अर्ब रुपैयाँ बराबरको छात्रवृत्ति

काठमाण्डौ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले झण्डै एक अर्ब रुपैयाँ बराबरको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले निजी क्षेत्रका विद्यालय सञ्चालकको छाता सङ्गठनसँग सहकार्यमा प्रारम्भिक बालविकास शिक्षादेखि कक्षा १२ सम्म अध्ययनरत बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले छात्रवृत्ति योजना कार्यक्रम ल्याएको हो । शिक्षा मन्त्री सस्मित पोखरेलले छात्रवृत्ति योजना घोषणा गर्नुभयो । उहाँले देश तथा विदेशबाट प्राप्त सहयोगले विपद्को समयमा सरकारलाई थप ऊर्जा र हौसला प्रदान गरेको बताउनुभयो ।योजनाअनुसार विद्यार्थीलाई पूर्ण, आंशिक तथा आवासीय छात्रवृत्तिसँगै पाठ्यपुस्तक, पोसाक, शैक्षिक सामग्री, आवास तथा खानालगायतका सुविधा उपलब्ध गराइनेछ । मन्त्रालयका सहसचिव श्रीप्रसाद…
Read More
रसुवा बाढी प्रभावितलाई लुम्बिनी बौद्ध विश्वविद्यालयले पूर्ण छात्रवृत्ति दिने

रसुवा बाढी प्रभावितलाई लुम्बिनी बौद्ध विश्वविद्यालयले पूर्ण छात्रवृत्ति दिने

बुटवल  । रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्ना पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट निश्चित रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । विश्वविद्यालयले २०८३ भदौ १० गते रसुवाको रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत तथा पुनःस्थापनाका लागि राहत रकम जम्मा गर्ने र छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको हो । कार्यकारी परिषद्को निर्णयअनुसार श्रेणीविहीन कर्मचारीको मासिक सुरु तलब स्केल बराबरको दुई दिन, सहायकस्तरका कर्मचारीको पाँच दिन, सहायक प्राध्यापक, सहायक…
Read More
रसुवा भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा आम्दा अस्पतालमा श्रद्धाञ्जलीसभा

रसुवा भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा आम्दा अस्पतालमा श्रद्धाञ्जलीसभा

बुटवल । रसुवा तथा भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलले सोमबार श्रद्धाञ्जली सभा गरेको छ। श्रद्धाञ्जली कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बिनोद कुमार पराजुलीले बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभयो। उहाँले बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपत्तिबाट प्रभावित परिवारलाई सरकारले तत्काल राहत तथा पुनर्वासको व्यवस्था गर्नुपर्ने बताउनुभयो। विनाशकारी बाढीका कारण धेरै परिवार घरबारविहीन भएको भन्दै डा. पराजुलीले प्रभावित नागरिकको पुनःस्थापनाका लागि सरकार र सम्बन्धित निकायले प्रभावकारी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो। त्यस्तै, आम्दा नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रिन्सिपल…
Read More
सिर्जनशील संस्थाको अध्यक्षमा बिजु पौडेल चयन

सिर्जनशील संस्थाको अध्यक्षमा बिजु पौडेल चयन

बुटवल । सिर्जनशील संस्था नेपाल (सीन)को अध्यक्षमा बिजु पौडेल पाण्डे चयन हुनुभएको छ । संस्थाको १२औँ अधिवेशन तथा २९औँ वार्षिक साधारण सभाबाट अध्यक्षमा पौडेल निर्वाचित हुनुभएको हो । ११ सदस्यीय नवनिर्वाचित समितिको उपाध्यक्षमा रिनु श्रीस, महासचिवमा कल्पना ढकाल, सचिवमा मिना खरेल र कोषाध्यक्षमा खुम कुमारी थापा चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा विनोद बिसी (लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व), सुमन चौधरी, मनिषा चौधरी, स्यानीमाया थापा गाहा र लक्ष्मी अर्याल चयन भएको निर्वाचन समितिले जनाएको छ । नव निर्वाचित अध्यक्ष पौडेलले अघिल्लो कार्यसमितिले गरेका कामलाई निरन्तरतासँगै संस्थागत हित र सृजनशिल कार्यमा सक्रिय रहँदै नयाँ योजना र कार्यक्रम ल्याउने बताउनुभयो ।…
Read More
इन्द्रेणी सहकारीको २८औँ साधारण सभा सम्पन्न

इन्द्रेणी सहकारीको २८औँ साधारण सभा सम्पन्न

बुटवल, २१ भदौ । बुटवलको सुख्खानगर धर्मपथमा रहेको  इन्द्रेणी बहुउद्देश्यीय   सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । इन्द्रेणीले आगामी वर्षलाई उत्पादनसँग जोड्ने वर्षका रुपमा लिने गरि सदस्य  केन्द्रीत उत्पादनमुलक कार्यक्रम गर्ने र शेयर सदस्यहरुलाई आर्थिकोपार्जनमा जोड्ने कार्यक्रम ल्याउने प्रस्ताव पारित गर्दै साधारण सभा सम्पन्न भएको हो । साधारण सभाको उद्घाटन गर्दै सहकारी विज्ञ तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका निवर्तमान अध्यक्ष डा. खगराज शर्माले सहकारीलाई सिद्धान्त अनुसार नै संचालन गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै डा. शर्माले सहकारी संस्था सदस्यको आर्थिक तथा सामाजिक समृद्धिको महत्वपूर्ण आधार भएको बताउँदै सहकारीका परिवर्तित कानुन, ऐन–नियम बुझ्दै शेयर सदस्यको जिम्मेवारी…
Read More
आमा, छोरीको मनछुने कथा एलिफेन्ट्स इन द फग’: नायिका पुष्पा

आमा, छोरीको मनछुने कथा एलिफेन्ट्स इन द फग’: नायिका पुष्पा

कान्स जस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा तपाईंले अभिनय गरेको चलचित्रले जुरी अवार्ड (पुरस्कार) जित्दा तपाईंलाई कस्तो अनुभूति भयो? त्यो क्षणलाई कसरी सम्झनुहुन्छ? कान्समा हाम्रो चलचित्रले पुरस्कार जित्दा म निकै खुसी र भावुक भएकी थिएँ। आफूले पहिलोपटक अभिनय गरेको चलचित्र कान्सको आधिकारिक छनोटमा पर्ने र त्यहाँ पुगेर जुरी पुरस्कार जित्नेछ भन्ने मैले कहिल्यै कल्पना गरेकी थिइनँ। यो नेपाली चलचित्रका लागि नै इतिहास बनेको क्षण हो। पहिलोपटक नेपाली फिचर फिल्म कान्सको आधिकारिक छनोटमा पुग्नु र त्यसपछि जुरी पुरस्कार जित्नु हामी सबै नेपालीले गर्व गर्नुपर्ने उपलब्धि हो । नेपालको एउटा कथा संसारको ठूलो मञ्चमा पुगेर सम्मानित भएको क्षण थियो। त्यसैले यो सफलता मेरो…
Read More
सोमबार राष्ट्रिय शोक मनाइने, मंगलबार सार्वजनिक बिदा

सोमबार राष्ट्रिय शोक मनाइने, मंगलबार सार्वजनिक बिदा

काठमाडौँ, १८ भदौ । सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । राष्ट्रिय शोकका दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइने छ । सरकारले भदौ २३ गते ‘जेन्जी’ सहिद दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने त्यस्तै, सरकारले भदौ २३ गते ‘जेन्जी’ सहिद दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्री पोखरेलले जानकारी…
Read More
दीप बोर्डिङ परिवारबाट छ लाख एक हजार प्रधानमन्त्री राहत कोषमा सहयोग

दीप बोर्डिङ परिवारबाट छ लाख एक हजार प्रधानमन्त्री राहत कोषमा सहयोग

बुटवल । बुटवल सुख्खानगरमा रहेको दीप बोर्डिङ हाइ स्कुल परिवारले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा छ लाख एक हजार रुपैयाँ सहयोग गरेको छ । भोटेकोसी बाढीबाट प्रभावित भएकाहरूलाई केही भए तापनि राहत मिलोस् भनेर दीप बोर्डिङ हाइ स्कुल परिवारले उक्त राहत रकम सहयोग गरेको हो । मुलुकमा आएको महाविपत्तीमा शिक्षालयकोतर्फदेखि केही भएपनि राहत मिलोस् भनेर विद्यालय परिवारबाट छ लाख एक हजार सहयोग गरिएको विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले जानकारी दिनुभयो । यस दुःखद् घडीमा विद्यालय व्यवस्थापन समिति लगायत सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकहरूबाट स्वेच्छिक रूपमा प्राप्त सहयोग, सद्भाव र सहानुभूति सहित उक्त रकम संकलन गरि प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको…
Read More
सगरमाथा परिवारद्वारा प्रधानमन्त्री राहत कोषमा दुईलाख बिसहजार सहयोग

सगरमाथा परिवारद्वारा प्रधानमन्त्री राहत कोषमा दुईलाख बिसहजार सहयोग

बुटवल । रुपन्देहीको देवदहमा रहेको सगरमाथा आवासिय माध्यमिक विद्यालयले प्रधानमन्त्री राहत कोषमा दुई लाख २० हजार नौ सय रुपैया सहयोग गरेको छ । हालै आएको भोटेकोसी बाढीका कारण प्रभावित भएकाहरुलाई केही भएपनि राहत मिलोस भनेर सहयोग गरिएको विद्यालयले जनाएको छ । यो विपत्तको अवस्थामा केही भएतापनि राहत होस भनेर प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मा गरेको विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलले बताउनुभयो । उहाँले यो विषम परिस्थितीमा विद्यालय परिवार, शिक्षक, विद्यार्थी, अभिभावक एक भएर उक्त रकम संकलन गरि प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको बताउनुभयो । उहाँले बाढीबाट प्रभावित भएका र घाईते भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना…
Read More