२०८३ भाद्र ९
२०८३ भाद्र ९
काठमाण्डाै – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह भोलिको प्रतिनिधिसभा बैठकमा उपस्थित हुँदा कालो चस्मा लगाएर जानु हुने भएको छ । उज्यालाे प्रकाशमा आँखाले हेर्न कठिनाइ देखिएपछि चिकित्सकले प्रधानमन्त्री शाहलाई आँखाकाे सुरक्षाका लागि कालाे चस्मा प्रयाेग गर्न सुझाव दिएका छन् । प्रधानमन्त्रीले गएकाे साउन २२ गते छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पतालमा आँखा परीक्षण गराउनुभएकाे थियाे । चिकित्सकले उहाँलाई आवश्यकताअनुसार कालो चस्मा प्रयोग गर्न सिफारिश गरेका थिए । यस्तै परीक्षण रिपोर्टअनुसार प्रधानमन्त्रीले आँखा सुक्खा हुने भएकाले बेलाबेपाल आइड्रपको प्रयोग गरिरहनुपर्ने उल्लेख छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले प्रधानमन्त्री शाहको स्वास्थ्य रिपोर्टसहितको पत्र प्राप्त भइसकेको उज्यालाेलाई जानकारी दिनुभएकाे छ ।यसअघि सभामुख डोलप्रसाद (डीपी)…
