Skip to main content

Batauli News

Advertisement

एभरेष्ट नमुना युवा संसद कार्यक्रम: जनमुखि काम गर्न भन्दै सरकारको ध्यानाकर्षण

Advertisement

बटौली न्यूज

बुटवल, ५ भदौ । रुपन्देहीको बुटवल सुख्खानगरमा अवस्थित एभरेष्ट माविका विद्यार्थीहरुले जनमुखि काम गर्नु पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । जनताको प्रतिनिधीबाट चुनिएको सरकारले जनताकै काम गर्नु पर्ने उल्लेख गर्दै मावि तहका विद्यार्थीहरुले सरकारको काम राज्य संचालन गर्ने मात्र होईन जनताका भवना पनि बुझ्ने हुनु पर्ने बताए । उनीहरुले सभामुख मार्फत सरकारलाई जवाफदेही बन्न ध्यानाकर्षण गराएका हुन् । शुक्रबार विद्यालयमा भएको संघीय एभरेष्ट नमुना युवा संसद कार्यक्रममा सहभागि विद्यार्थी सांसदहरुले शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार विकास, सुशासनका मुद्धामा सरकार चुकेको भन्दै सरकारको खवरदारी समेत गरे ।

कक्षा–८, ९ र १० का एकसयबढी विद्यार्थीहरु सहभागि भएको नमुना संसद कार्यक्रममा शुन्य र विशेष समयमा आफ्ना भनाइ राख्ने विद्यार्थी सांसदहरुले देशमा भएको महंगी, भ्रष्टाचार, बलत्कारलगायतका विषयलाई सरकारले सम्वोधन गर्न नसकेको भन्दै दुख ब्यक्त गरे । उनीहरुले जनताबाट चुनिएका जनप्रतिनिधीले बनाएका प्रधानमन्त्री, मन्त्रीहरुले जनताकै पिर मर्का बुझेर काम गर्नु पर्ने सुझाव सभामुख मार्फत सरकारलाई सुनाएका थिए । विद्यार्थी बिराट भण्डारीले सभामुखको भुमिका निर्वाह गर्नु भएको कार्यक्रममा प्रत्युस क्षेत्रीले प्रतिपक्ष दल नयाँ पुस्ता पार्टीतर्फदेखि विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए

hh-1787316891.jpg

शिक्षक मोहन पाण्डेयले संयोजन गर्नु भएको नमुना सांसद कार्यक्रममा विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले विद्यार्थीलाई संसदीय अभ्यासका बारेमा प्रत्येक्ष जानकारी गराउन कार्यक्रम फलदायी भएको बताउनुभयो । कार्यक्रममा सहप्राचार्य भिमसेन गौतम, उपप्राचार्य उमेश रेग्मी, शिक्षक सरु पाण्डेलगायतले विद्यार्थीलाई संसदको अभ्यास, विधेयक, कानुन र संसदमा सभामुख र सांसदका पदीय मर्यादा, मर्यादा पालकको काम कार्वाहीलगायतका विषयमा जान्न अवसर मिलेको बताउनुभयो ।  नमुना संसद कार्यक्रममा पक्षमा उज्वल  भविष्य पार्टी र प्रतिपक्षमा नया पुस्ता पार्टीबाट प्रतिनिधित्व गरेका नमुना युवा विद्यार्थी सांसदहरुले आआफ्ना भनाइ राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खबर

यसवर्षको हरितालिका तीज सोमबार: रमझम बिनाको तीज

यसवर्षको हरितालिका तीज सोमबार: रमझम बिनाको तीज

बुटवल, २८ भदौ । महिलाहरुको महान पर्व हरितालिका तीज भाद्र शुक्ल तृतीयाका दिन पर्ने गर्दछ । विगतबा वर्षहरुमा तीज सुरु हुनु महिना दिन...
ओस्कारमा ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने

ओस्कारमा ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने

काठमाण्डौ, २८ भदौ । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स ...
भोटेकोशी बाढी हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक

भोटेकोशी बाढी हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक

काठमाण्डौ, २८ भदौ । सरकारले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खस...
बुटवल हस्पिटलद्वारा भोटेकोशी बाढी प्रभावितलाई सातलाख ७७ हजार सहयोग

बुटवल हस्पिटलद्वारा भोटेकोशी बाढी प्रभावितलाई सातलाख ७७ हजार सहयोग

बुटवल, २८ भदौ । बुटवल हस्पिटल प्रालि परिवारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा...

यो पनि पढौँ

छुटाउनुभयो कि?