Skip to main content

Batauli News

Advertisement

बस्ती नजिकैबाट वयस्क पाटेबाघ नियन्त्रणमा

Advertisement

बटौली न्यूज

बर्दिया,  ८ भदौ। बर्दियाको गेरुवा गाउँपालिकामा समस्याग्रस्त पाटेबाघ नियन्त्रणमा लिइएको छ । गेरुवा गाउँपालिका वडा ४ गोलास्थित बस्ती नजिकैबाट वयस्क पाटेबाघ नियन्त्रणमा लिइएको हो । लामो समयदेखि घरपालुवा जनावरलाई आक्रमण गर्ने, मानव वस्तीको छेउछाउमा देखा पर्ने गरेको थियो । करिब एक महिनाको प्रयासमा पाटेबाघ नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय निकुञ्ज बन्जरीया पोष्टका रेन्जर रतिमान रावतले बताउनुभयो । उहाँले बस्ती नजिक बसेर दुःख दिने गरेकाले नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

पाटेबाघ करिब ८ वर्षको भाले रहेको छ । बाघ नियन्त्रणमा लिन प्राविधिक उद्धार टोली, बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष  वन कार्यालय तथा स्थानीयवासी लगायतको महत्वपूर्ण सहयोग रहेको उहाँले बताउनुभयो । दिनहुँ वस्तीनजिक आएर घरपालुवा जनावर खाने र दुःख दिने गरेको गेरुवा उपभोक्ता समितिका अध्यक्ष दिनेशबहादुर शाहीले बताउनुभयो । बाघ नियन्त्रणमा आएपछि सो क्षेत्रका स्थानीयवासी हर्षित भएका छन् । यसअघि बाघ त्रासमा बसिरहेका स्थानीयवासीलाई चैनको सास फेर्न पाएको अध्यक्ष शाहीले बताउनुभयो ।

नियन्त्रणमा लिएको बाघलाई रम्भापुर वन्यजन्तु उद्धार केन्द्रमा राखिने बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत अशोककुमार रामले बताउनुभयो । यो सँगै बर्दिया राष्ट्रिय निकुञ्जको उद्धार केन्द्रमा ७ वटा पाटेबाघ राखिएको छ । अब समस्याग्रसत बाघ फेला परेमा राख्ने ठाउँ नभएको उहाँले बताउनुभयो । यसअघि भदौ २ गते गेरुवा गाउँपालिका वडा ४ शान्तिपुरबाट वयस्क पाटेबाघ नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खबर

यसवर्षको हरितालिका तीज सोमबार: रमझम बिनाको तीज

बुटवल, २८ भदौ । महिलाहरुको महान पर्व हरितालिका तीज भाद्र शुक्ल तृतीयाका दिन पर्ने गर्दछ । विगतबा वर्षहरुमा तीज सुरु हुनु महिना दिन...
ओस्कारमा ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने

काठमाण्डौ, २८ भदौ । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स ...
भोटेकोशी बाढी हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक

काठमाण्डौ, २८ भदौ । सरकारले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खस...
बुटवल हस्पिटलद्वारा भोटेकोशी बाढी प्रभावितलाई सातलाख ७७ हजार सहयोग

बुटवल, २८ भदौ । बुटवल हस्पिटल प्रालि परिवारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा...

यो पनि पढौँ

छुटाउनुभयो कि?