२०८३ कार्तिक १५
२०८३ कार्तिक १५
सिद्धार्थनगर । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले चाडपर्वका बेला प्लाष्टिकजन्य कृत्रिम फूल तथा माला प्रयोग नगर्न नगरबासीलाई अपील गरेको छ । नगरप्रमुख इश्तियाक अहमद खाँद्वारा जारी अपीलमा चाडपर्वका अवसरमा घर, कार्यालय तथा पूजाआजामा प्रयोग गरिने प्लाष्टिकका फूल तथा मालाले वातावरणीय प्रदूषण बढाउनुका साथै मानव स्वास्थ्य र प्राकृतिक वातावरणमा नकारात्मक असर पार्ने उल्लेख गरिएको छ । त्यसैले यस्ता सामग्रीको प्रयोग निरुत्साहित गर्न आवश्यक रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले स्वच्छ, हरित तथा वातावरणमैत्री नगर निर्माण अभियानमा सहयोग पु¥याउन स्थानीय कृषक तथा उत्पादकले उत्पादन गरेका प्राकृतिक फूल र माला प्रयोग गर्न सबै नगरबासीलाई आग्रह गरेको छ । प्राकृतिक फूल तथा मालाको प्रयोगले वातावरण संरक्षणमा…
