२०८३ आश्विन ६
२०८३ आश्विन ६
काठमाण्डौ । यही असोज ८ गते अर्थात् आउँदो बिहीबारदेखि पाँच दिन नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ । त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेलले असोज ८ देखि १२ गतेसम्म पूर्वदेखि पश्चिमसम्म भीषण वर्षा हुन सक्ने भन्दै किसान र सर्वसाधारणलाई सतर्कता अपनाउन आह्वान गर्नुभएको छ । यस्तै मौसम तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायले पनि बङ्गालको खाडी र अण्डमान सागरका बीचमा तीव्र गतिमा विकसित भइरहेको न्यून चापीय प्रणाली अब केही दिनमा चक्रवाति आँधीमा परिणत हुने सम्भावना बढेको उल्लेख गर्नुभएको छ । सामाजिक सञ्जालमा लेख्दै उहाँले आँधीमा परिणत भएमा त्यसको नाम अर्नब हुने र यसको प्रभाव नेपालमा…
