Skip to main content

Batauli News

Advertisement
सिद्धार्थनगरद्वारा प्लाष्टिकजन्य फूल तथा माला प्रयोग नगर्न आग्रह

सिद्धार्थनगरद्वारा प्लाष्टिकजन्य फूल तथा माला प्रयोग नगर्न आग्रह

सिद्धार्थनगर । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले चाडपर्वका बेला प्लाष्टिकजन्य कृत्रिम फूल तथा माला प्रयोग नगर्न नगरबासीलाई अपील गरेको छ । नगरप्रमुख इश्तियाक अहमद खाँद्वारा जारी अपीलमा चाडपर्वका अवसरमा घर, कार्यालय तथा पूजाआजामा प्रयोग गरिने प्लाष्टिकका फूल तथा मालाले वातावरणीय प्रदूषण बढाउनुका साथै मानव स्वास्थ्य र प्राकृतिक वातावरणमा नकारात्मक असर पार्ने उल्लेख गरिएको छ । त्यसैले यस्ता सामग्रीको प्रयोग निरुत्साहित गर्न आवश्यक रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले स्वच्छ, हरित तथा वातावरणमैत्री नगर निर्माण अभियानमा सहयोग पु¥याउन स्थानीय कृषक तथा उत्पादकले उत्पादन गरेका प्राकृतिक फूल र माला प्रयोग गर्न सबै नगरबासीलाई आग्रह गरेको छ । प्राकृतिक फूल तथा मालाको प्रयोगले वातावरण संरक्षणमा…
Read More
आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने

आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने

काठमाण्डौ । बंगालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातको प्रभावले अहिले पनि देशका धेरै ठाउँमा पानी परेको छ । उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको छ । धेरै ठाउँमा अस्ति बिहीबार बेलुकीदेखि नै लगातार झरी परिरहेको हो । अहिले पूर्वमा भन्दा मध्य र पश्चिमी भेगमा पानी पर्ने क्रम बढेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै ठाउँमा, सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा तथा कोशी, मधेश र बागमती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।पछिल्लो ६ घण्टामा मनाङको तालमा सबैभन्दा धेरै ७४ मिलिमिटर पानी परेको छ । अहिलेसम्म ठूलो बाढी आउने गरी कतै पानी नपरे पनि केही नदी खोलाहरुमा…
Read More
चक्रवात आधिका कारण भारतमा तीनको मृत्यु, नेपालमा सावधानी अपनाउन आग्रह

चक्रवात आधिका कारण भारतमा तीनको मृत्यु, नेपालमा सावधानी अपनाउन आग्रह

काठमाण्डाै । बङ्गालकाे खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेश र ओडिशाका तटीय क्षेत्रमा ठोक्किँदा तीन जनाको ज्यान गएको छ ।आज बिहान प्रतिघण्टा १२५ देखि १३५ किलोमिटर र हावाको झोक्कासहित १५० किलोमिटरसम्मको गतिमा आएको हावाहुरी र अत्यधिक वर्षाका कारण आन्ध्र प्रदेशमा रुख र बिजुलीका पोल ढल्दा उनीहरूको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आँधीका कारण दर्जनौँ घरमा क्षति पुग्नुका साथै सडक, विद्युत्, हवाई तथा रेल सेवा ठप्प भएका छन् । विशाखापट्टनम र अनाकापल्लीमा २०० मिलिमिटरभन्दा धेरै वर्षा रेकर्ड भएको छ ।विपद्लाई ख्याल गरेर आन्ध्र प्रदेशबाट झन्डै ८९ हजार र छिमेकी ओडिशाबाट ३० हजारभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ…
Read More
चितवन राइनोजको रोमाञ्चक जित

चितवन राइनोजको रोमाञ्चक जित

काठमाडौँ,  । नेपाल प्रिमियर लिग (एनपिएल) ३ मा चितवन राइनोजले मङगलबार विराटनगर किङ्सलाई आठ रनले हराएर विजयी सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङगशालामा टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा प्रतिस्पर्धात्मक १५७ रनको स्कोर तयार पारेको थियो । वेस्ट इन्डिजका सुपरस्टार अलराउन्डर आन्द्रे रसेलको विस्फोटक पालि हुँदाहुँदै विराटनगर किङ्स जवाफमा तीन बल अघि नै १४९ रनमा समेटियो । चितवनको पालि इङगल्यान्डका प्रारम्भिक ब्याट्सम्यान डेभिड मलानको अर्धशतकीय पालिले राम्रो भएको हो । उहाँ एनपिएल ३ मा अर्धशतक बनाउने पहिलो ब्याट्सम्यान पनि बन्नुभयो । मलानले ७० रनको उत्कृष्ट पालि खेल्नुभयो । ५० बलको…
Read More
साबिक विजेता लुम्बिनी लायन्सको एनपीएलमा विजयी शुरुवात

साबिक विजेता लुम्बिनी लायन्सको एनपीएलमा विजयी शुरुवात

काठमाण्डौ । साबिक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणमा विजयी शुरुवात गरेको छ । आज टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो ।  सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीका डार्सी सर्टले ४० र आशिफ शेखले ३२ रन बनाए । सुदूरपश्चिमका अनिल खरेलले दुई तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७ ओभर २ बलमा ८७ रनमा अलआउट भएको थियो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए । लुम्बिनीका किशोर महतोले ४…
Read More
बुटवलमा सरायँ नाँच

बुटवलमा सरायँ नाँच

बुटवल । बुटवलको जितगढीस्थित दुर्गा मन्दिरको प्राङ्गणमा १३ औँ सरायँ नाच सम्पन्न भएको छ । धार्मिक आस्था र मौलिक संस्कृतिसँग जोडिएको सरायँ नाचले नेपाली परम्परा र सांस्कृतिक पहिचानलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्दैआएको छ । पहिले अर्घाखाँची, गुल्मी क्षेत्रमा दसैंपछि पूर्णिमासम्म विजयउत्सवको रूपमा खेलिने सरायँ नाच बसाइँ सराइसँगै तराईमा सुरू भएको हो । विशेषगरी अर्घाखाँची, गुल्मी, पूर्वी प्युठान र पश्चिम पाल्पाका विभिन्न कोटबाट विस्तार भएको सरायँ नाच अहिले बुटवल, काठमाडौं, लमही, वाणगंगा, गोरुसिङ्गे, पथ्थरकोट र घोराहीसहित विभिन्न सहरमा पनि नाचिने गरिन्छ। बुटवलको जितगढीमा आयोजना हुँदैआएको सरायँ नाचले पनि यस क्षेत्रको सांस्कृतिक परम्परालाई निरन्तरता दिएको संस्थापक ऋषि आजादले बताउनुभयो ।अध्यक्ष दिपक…
Read More
प्रधानमन्त्री राहत कोषमा १८ अर्बबढी रकम संकलन

प्रधानमन्त्री राहत कोषमा १८ अर्बबढी रकम संकलन

काठमाण्डौ, ९ कार्तिक । भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै चलिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषको विभिन्न बैङ्कका खातामा आज विहान मौज्दात रकम १८ अर्ब ९ करोड ३२ लाख ३६ हजार ८५२ रुपैयाँ पुगेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैङ्कमा मैज्दात १३ अर्ब ४८ करोड चार लाख २९ हजार ६४ रुपैयाँ र हिमालयन बैङ्क तथा लक्ष्मी सनराइज बैङ्कमा तीन करोड चार लाख ९१ हजार ४४४ अमेरिकी डलर पुगेको छ ।
Read More
सोमवारदेखि एनपीएल: बिजेताले डेढ करोड नगद पाउने

सोमवारदेखि एनपीएल: बिजेताले डेढ करोड नगद पाउने

काठमाण्डौ, ८ कार्तिक ।सोमवार कात्तिक ९ गतेदेखि काठमाण्डौको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्रिकेट प्रेमीहरूको महोत्सव नेपाल प्रिमियर लिग (एनपीएल) शुरू हुँदैछ । तेस्रो संस्करणको एनपीएल आउँदो मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ । उद्घाटन खेलमा सोमबार दिउँसो साढे ४ बजे साबिक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स खेल्दैछन् । पहिलो पटक ‘डीआरएस’ प्रविधि, आईसीसीको मान्यता, विदेशी स्टार खेलाडीहरूको सहभागिताले एनपीएललाई विशेष बनाएको छ । एनपीएलमा पहिलो पटक ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) प्रयोग हुँदैछ । अघिल्ला संस्करणमा अम्पायरका केही निर्णयलाई लिएर प्रश्न उठेपछि खेलाडी र दर्शकले लामो समयदेखि यो प्रविधिको माग गर्दै आएका थिए । तेस्रो संस्करणको एनपीएलको विजेता टोलीले १…
Read More
नेपालका हजारौँ सरकारी वेबसाइट बन्द

नेपालका हजारौँ सरकारी वेबसाइट बन्द

काठमाण्डौ । वेबसाइट निर्माणमा प्रयोग हुने ‘पीएचपी’ कोडिङ प्रणालीमा विश्वव्यापी रूपमा सुरक्षा जोखिम भेटिएपछि सम्भावित साइबर आक्रमणबाट बच्न गएको बिहीवार कात्तिक ५ गतेदेखि नेपालका हजारौँ सरकारी वेबसाइट बन्द गरिएका छन् । वेबसाइट बन्द हुँदा नयाँ लाइसेन्सको अनलाइन फाराम, मालपोतको भू–सेवा र राजस्व अनुसन्धानको भीसीटीएसजस्ता अत्यावश्यक सेवाहरू ठप्प भएका छन् ।नेपाल राष्ट्र बैंकको वेबसाइटसमेत बन्द हुँदा दैनिक विदेशी मुद्राको विनिमय दर र ब्याजदरसम्बन्धी जानकारी लिन सामाजिक सञ्जालको सहारा लिनुपरेको छ । निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरूले ३–४ घण्टाभित्रै प्रणाली सुरक्षित बनाएर सेवा शुरू गरिसके पनि सरकारी निकाय भने ४ दिनदेखि अलमलमै देखिन्छन् । यसले सरकारको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाएको छ…
Read More
आउने बिहीबारदेखि आइतबारसम्म वर्षाको सम्भावना : धान नकाट्न मौसमविद्ले सुझाव

आउने बिहीबारदेखि आइतबारसम्म वर्षाको सम्भावना : धान नकाट्न मौसमविद्ले सुझाव

बुटवल । आउने बिहीबारदेखि आइतबारसम्म धान नकाट्न मौसमविद्ले सुझाव दिएका छन् । बिहीबारदेखि आइतबारसम्म झरी पर्ने भएकाले यस अवधीमा धान नकाट्न मौसमविद्को सुझाव छ । विशेषगरी किसान र हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले ध्यान दिनुपर्ने उनको भनाइ छ । “धान पाकिसकेको छ र काटेर सुकाएर सुरक्षित रूपमा भित्र्याउन समय पुग्छ भने स्थानीय मौसम हेरेर मंगलबारअगावै काम सक्ने योजना बनाउनुहोला,” मौसमविद् विनोद पोखरेल भन्छन् । उच्च हिमाली क्षेत्रमा भारी हिमपात र चिसो बढ्ने सम्भावना भएकाले यात्रा वा ट्रेकिङमा जानेहरूले नियमित मौसम अपडेट तथा आधिकारिक सूचना हेरेर योजना बनाउन उनको सुझाव छ । मौसमविद् पोखरेलले बंगालको खाडीमा बन्ने न्यूनचापीय प्रणाली चक्रवात विकसित हुने…
Read More