२०८३ भाद्र ८
२०८३ भाद्र ८
बुटवल, ५ भदौ । रुपन्देहीको बुटवल सुख्खानगरमा अवस्थित एभरेष्ट माविका विद्यार्थीहरुले जनमुखि काम गर्नु पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । जनताको प्रतिनिधीबाट चुनिएको सरकारले जनताकै काम गर्नु पर्ने उल्लेख गर्दै मावि तहका विद्यार्थीहरुले सरकारको काम राज्य संचालन गर्ने मात्र होईन जनताका भवना पनि बुझ्ने हुनु पर्ने बताए । उनीहरुले सभामुख मार्फत सरकारलाई जवाफदेही बन्न ध्यानाकर्षण गराएका हुन् । शुक्रबार विद्यालयमा भएको संघीय एभरेष्ट नमुना युवा संसद कार्यक्रममा सहभागि विद्यार्थी सांसदहरुले शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार विकास, सुशासनका मुद्धामा सरकार चुकेको भन्दै सरकारको खवरदारी समेत गरे । कक्षा–८, ९ र १० का एकसयबढी विद्यार्थीहरु सहभागि भएको नमुना संसद कार्यक्रममा शुन्य र…
