Skip to main content

Batauli News

Advertisement

Blog

पुराना राजनीतिक दलहरुसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका कार्यकर्तालाई रविको निर्देशन

पुराना राजनीतिक दलहरुसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका कार्यकर्तालाई रविको निर्देशन

काठमाण्डौ,  ८ भदौ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरुसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । हिजो काठमाण्डौमा भएको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । विगतमा अरु नेता र दललाई दोष दिएर आफूलाई अग्लो देखाउने अवस्था भए पनि अब त्यस्तो ठाउँ रास्वपासँग नरहेको उहाँको भनाइ थियो । उहाँले विगतको असफलता र कमजोरीलाई लिएर निरन्तर आलोचना गरिरहनुभन्दा आउँदो पुस्ता र देशको भविष्यका लागि दीर्घकालीन योजना निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । ३५ वर्षमा पुराना राजनीतिक दलहरुले गरेका सकारात्मक कामहरुप्रति धन्यवाद दिनुपर्ने उहाँले बताउनुभयो ।…
Read More
जापानिज इन्सेफलाइटिस अर्थात् जेइ रोगको जोखिम बढ्दै

जापानिज इन्सेफलाइटिस अर्थात् जेइ रोगको जोखिम बढ्दै

काठमाण्डौ । नेपालमा पछिल्लो समय लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस अर्थात् जेइ रोगको जोखिम बढ्दै गएको छ । संक्रमणका कारण बिरामी हुने र ज्यान गुमाउँनेको संख्या बढेपछि स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले सतर्क रहन आग्रह गरेको छ । महाशाखाका अनुसार, देशका २५ जिल्लाका ५९ पालिकामा ८० जनामासंक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ८६ प्रतिशतले जेइविरुद्धको खोप नलगाएको पाइएको छ । यसैगरी, संक्रमणका कारण अहिलेसम्म २१ जनाको ज्यान गइसकेको छ । जापानिज इन्सेफलाइटिसका संक्रमितमध्ये सबैभन्दा धेरै झापामा १० जना छन् । त्यस्तै, कैलाली र मोरङमा सात–सात, सप्तरी र कञ्चनपुरमा छ–छ तथा चितवन, सुनसरी र नवलपरासी पूर्वमा पाँच–पाँच जना संक्रमित भेटिएका…
Read More
पीडितको पहिचान खुल्ने सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह

पीडितको पहिचान खुल्ने सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह

  काठमाण्डौ, ८ भदौ  । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बलात्कार तथा यौन हिंसाका पीडितको पहिचान खुल्ने तस्बिर, भिडियो वा अरु सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गर्नुभएको छ । मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत पीडितको पहिचान र गोपनीयताको सम्मान गर्न तथा अपराधमाथि अर्को अपराध नगर्न सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गर्नुभएको हो । यौन हिंसाका घटनामा पीडितको पहिचान सार्वजनिक गर्नु संवेदनशील र गम्भीर गैरकानुनी विषय भएको उहाँको भनाइ छ । विशेषगरी यौन हिंसाका पीडित बालबालिकाको पहिचान सार्वजनिक गर्नु अझ गम्भीर कसुर हुने भन्दै उहाँले समाचार तथा अरु सामग्री सम्प्रेषण गर्दा पीडितको गरिमा, गोपनीयता, सुरक्षा र भविष्यमा पर्न…
Read More
लुम्बिनी प्रदेशका पहाडी भेगका एक/दुई ठाउँमा ठूलो पानी पर्ने

लुम्बिनी प्रदेशका पहाडी भेगका एक/दुई ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डौ । आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगका एक/दुई ठाउँमा ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएराति केही ठाउँमा सामान्य वर्षा भए पनि अहिले बिहानपख कुनै पनि ठाउँमा पानी परेको छैन । काठमाण्डौ उपत्यकासहित धेरैजसो ठाउँमा घाम लागेको छ । महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँ तथा मधेश र कोशी प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । अरु ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको अनुमान छ । राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई ठाउँमा ठूलो…
Read More
५० रुपैयाँको सामान किन्ने उपभोक्ता १० लाख रुपैयाँ

५० रुपैयाँको सामान किन्ने उपभोक्ता १० लाख रुपैयाँ

काठमाण्डाै । करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा भएको छ । आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आज आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायले पुरस्कार घोषणा गर्नुभएको हो ।यस पटक गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान किन्ने उपभोक्ता १० लाख रुपैयाँको बम्पर उपहारका विजेता बनेका छन् । साउनको १६ देखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्ताहरू पुरस्कारमा सहभागी भएका हुन् । १६ दिनका १–१ जना गरी १६ जनाले १ लाख ३३ हजार ३३४ रुपैयाँका दरले पुरस्कार पाएका छन् । यो १६ दिनमा नगद कारोबारका ३ लाख ५७ हजार १४९ वटा बिल…
Read More

मुख्यमन्त्री आचार्यलाई विश्वासको मत

दाङ, १ भदौ । लुम्बिनी प्रदेशको मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको छ । मुख्यमन्त्री आचार्यलाई नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन् । प्रदेश सभामा कायम ८३ सदस्यमध्ये ७१ जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए । विश्वासको मतको पक्षमा परेको ४५ मत बहुमत रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा सभामुख तुलाराम घर्तीमगरले गर्नुभयो ।  प्रदेशसभा बैठकमा आठ जना सांसद अनुपस्थित रहनुभयो । हाजिरी अभिलेखअनुसार…
Read More

बागमतीका मुख्यमन्त्री बानियाँकाे राजीनामा

काठमाण्डाै – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिनुभएको छ । आज दिउँसो बसेको बागमती प्रदेशसभा बैठकमा विश्वासको मत प्रस्तावलाई सम्बोधन गर्दै उहाँले राजीनामाको घोषणा गर्नुभएको हो । नेकपा एमालेले सरकारलाई दिएको समर्थन साउन ६ गते फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत लिन खोज्नुभएको थियो । तर आफ्नो पक्षमा बहुमत नपुग्ने देखेपछि उहाँले राजीनामा दिनुभएको हो । १०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ जना सांसदको समर्थन आवश्यक पर्छ । नेपाली कांग्रेसका ३६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का २६, एमालेका २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, नेपाल मजदुर किसान…
Read More

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाण्डाै । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले भारतीय सेनाध्यक्ष सेठलाई मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको हो ।नेपाल र भारतबीच सन् १९५० देखि एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने ऐतिहासिक परम्परा रहिआएको छ । सन् १९५० मा भारतीय सेनाध्यक्ष के एम करियप्पालाई नेपालले र सन् १९६९ मा नेपाली सेनापति सुरेन्द्रबहादुर शाहलाई भारतले मानार्थ महारथी दिएपछि याे परम्परा निरन्तर चल्दै आएको हाे । सन् १९५० मा भारतीय सेनाध्यक्ष के एम करियप्पालाई नेपालले र सन् १९६९ मा नेपाली…
Read More

संसद्मा प्रधानमन्त्रीलाई रुलिङ

काठमाडौँ,  १ भदौ  । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका सदस्यले संसद्मा उठाएको जिज्ञासाको उत्तर दिनका लागि प्रधानमन्त्रीलाई रुलिङ गर्नुभएको छ । विपक्षी दलका सांसदले यसअघिका अधिकांश बैठकमा प्रधानमन्त्रीबाट जवाफ आउनुपर्ने मागसहित रुलिङका लागि अनुरोध गर्दै आउनुभएको थियो ।  सभामुख अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ५६, ५७, ५८, ५९ र ६० ब मोजिम प्रतिनिधिसभाका सदस्यको जवाफ दिनको लागि प्रधानमन्त्रीलाई आजको बैठकमा निर्देश गर्नुभएको हो । यसअघिजस्तै आजको बैठकमा पनि विपक्षी सांसदहरुले उठेर विरोध जनाउनुभएको थियो । विपक्षी सांसदहरुले विरोध जनाएपछि सभामुख अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ५६ अनुसार ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्षरूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि प्रत्येक…
Read More
विद्युत् प्राधिकरणकाे नाफा ५८ प्रतिशतभन्दा धेरैले घट्याे

विद्युत् प्राधिकरणकाे नाफा ५८ प्रतिशतभन्दा धेरैले घट्याे

  काठमाण्डाै । आर्थिक वर्ष २०८२/८३ मा नेपाल विद्युत् प्राधिकरणको नाफा ५८ प्रतिशतभन्दा धेरैले घटेको छ । प्राधिकरणको ४१औँ वार्षिकोत्सवका अवसरमा निमित्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले करअघिको नाफा ५ अर्ब ४ करोड रुपैयाँमा झरेको जानकारी दिनुभयो ।यो अघिल्लो आर्थिक वर्षको तुलनामा ५८.६० प्रतिशतले कम हो । आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको करअघिको नाफा १२ अर्ब १७ करोड रुपैयाँ थियो । पछिल्ला वर्षहरूमा प्राधिकरणको नाफा निरन्तर घट्दै गएको देखिएको छ । २०८०/८१ मा प्राधिकरणले १३ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएको थियो ।प्राधिकरणको अतिरिक्त दायित्व बढेको र विदेशी विनिमयदरमा आएको उतारचढावलगायत कारण नाफा घटेको प्राधिकरणको भनाइ छ । त्यस्तै घरायसी प्रयोजनका लागि गार्हस्थ…
Read More