Skip to main content

Batauli News

Advertisement

जलवायु–जोखिम र न्यायकालागि प्रधानमन्त्रीद्वारा विश्व मञ्चमा ध्यानाकर्षण

Advertisement

बटौली न्यूज

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहबाट संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई शुक्रबार भएको सम्बोधन जलवायु परिवर्तनबाट बढ्दो जोखिमलाई विश्व समुदाय समक्ष गहकिलो ढङ्गले प्रस्तुत भएको परराष्ट्र मामिलाका विज्ञहरूको प्रतिक्रिया रहेको छ । प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली विपद्लाई नेपालमा मात्र सीमित घटना नभई विश्वका लागि जलवायु सङ्कटको चेतावनीका रूपमा प्रस्तुत गर्नुले नेपालले भोगेको तत्कालको समस्या उजगार हुन सफल भएको उहाँहरुको भनाइ छ ।
प्रधानमन्त्री शाहले नेपालले भोगिरहेको असरलाई ‘हिमाली सुनामी’ का रुपमा चिह्न थालिएको विषय पनि उठाउनुभएको थियो । गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको विनासकारी बाढीका कारण नेपालमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको विषय महासभामा ‘इमिडियट रिफ्लेक्ट’ भएकाले समग्रमा प्रधानमन्त्री शाहको सम्बोधन सकारात्मक रहेको पूर्वपरराष्ट्रमन्त्री एवं कूटनीतिज्ञहरूको टिप्पणी छ ।
पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले जलवायु परिवर्तनको जोखिमका बारेमा प्रधानमन्त्री शाहले विश्व मञ्चमा उठाउनुभएको विषय सान्दर्भिक र प्रभावकारी भएको प्रतिक्रिया दिनुभयो । उहाँले विश्वव्यापी तापक्रम वृद्धि (ग्लोबल वार्मिङ) र जलवायु परिर्वनका असरका बारेमा कुनै एक देशको प्रयत्नले मात्र सम्भव नहुने भएकाले सामूहिक प्रयासको आवश्यकताबारे प्रधानमन्त्री शाहले जोड दिएको विषय महत्वपूर्ण भएको बताउनुभयो ।
“हामी सरकामा हुँदा खासगरी म परराष्ट्रमन्त्री हुँदा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण भएको समयमा हामीले उहाँलाई जलवायुको प्रत्यक्ष असर देखिएका सगरमाथा र अन्नपूर्ण क्षेत्रमा अवलोकन गराएका थियौँ”, पूर्वमन्त्री साउदले भन्नुभयो, “महासचिव गुटेरेसले जलवायु परिवर्तनको विषय कुनै एक देशको मात्रै चासो र चिन्ता मात्र नभई विश्वको साझा सवाल भएको त्यसबेलै ध्यानाकर्षण गराउनुभएको थियो । ती सवालहरू आज झन् सन्दर्भिक देखिएका छन् । प्रधानमन्त्री शाहको सम्बोधनमा यसलाई थप बल पुगेको छ ।” विश्व व्यवस्थामा गरिबी निवारण र शान्ति कायम गर्ने सन्दर्भमा राष्ट्र सङ्घको भूमिका अझ प्रभावकारी हुनुपर्ने उल्लेख हुनु पनि सकारात्मक भएको पूर्वमन्त्री साउदको भनाइ छ । रासससँग कुरा गर्दै पूर्वमन्त्री साउदले सम्बोधनका अन्तिममा प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको ‘पशुपतिनाथले विश्वको रक्षा गरुन् र बुद्धको सन्देशमा विश्व हिँडोस्’ भन्ने सन्दर्भलाई मुलुकको सांस्कृतिक र आध्यात्मिक विषयसँग जोडेर सकारात्मक रुपमा हेर्न सकिने विचार व्यक्त गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालय, अन्तरराष्ट्रिय सम्बन्ध विभागका पूर्वप्रमुख प्रा डा खड्गबहादुर केसीले प्रधानमन्त्री शाहले आज गर्नुभएको सम्बोधनले भोटेकोशी–त्रिशूली बाढी तथा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको सङ्कटलाई विश्वमञ्चमा प्रभावकारी रूपमा प्रस्तुत भएको बताउनुभयो ।
प्रधानमन्त्री शाहले महासभामा नेपालमा हालै आएको विनाशकारी बाढीलाई जलवायु परिवर्तनसँग जोड्दै जलवायु न्याय, अन्तरराष्ट्रिय सहकार्य र विपद् प्रतिरोधी क्षमता निर्माणमा जोड दिनुभएको थियो । उहाँले नेपाल, भारत र चीनको नेतृत्वमा हिमाली जलवायु प्रतिरोधी संयन्त्र स्थापना गर्न प्रस्तावसमेत गर्नुभयो । विश्वविद्यालय अनुदान आयोगका अध्यक्षसमेत रहनुभएका प्राडा केसीका अनुसार सम्बोधनमा भोटेकोशी बाढी र जलवायु परिवर्तनको मारमा नेपाल परेको विषयमा तत्कालीन अवस्थाको प्रत्यक्ष अनुभूति र मानक दृष्टिकोण विश्व समुदाय समक्ष प्रस्तुत भएको छ । जलवायु अनुकूलनका लागि नेपाल, भारत र चीनबीच त्रिपक्षीय संयन्त्र निर्माण तथा बहुपक्षीय विश्व सहकार्यको प्रस्ताव आउनु महत्वपूर्ण रहेको उहाँको भनाइ छ । “आधारभूत तहका मानिसका लागि पनि विश्व व्यवस्था र प्रणाली परिचालित हुनुपर्छ भन्ने सन्देश पनि सम्बोधनमा आएको छ”, प्रा डा केसीले भन्नुभयो, “विश्व मञ्चमा नेपालको गहकिलो उपस्थिति भएको छ । बहुपक्षीयताप्रति हाम्रो पुरानै प्रतिबद्धता हो, त्यसलाई अझ गहकिलो प्रतिबद्धता व्यक्त भएको छ ।” उहाँले प्रधानमन्त्री शाहको सम्बोधनले ‘साउथ र ग्लोबल नर्थ’बीचको सहकार्य तथा विकासशील र कमजोर मुलुकका आवाजलाई समेत विश्वमञ्चमा पु¥याएको बताउँदै जलवायु परिवर्तनको असर नेपालजस्ता मुलुकले भोग्नुमा ऐतिहासिक रूपमा बढी कार्बन उत्सर्जन गर्ने धनी तथा विकसित मुलुकको जिम्मेवारीसमेत रहेको विषय सम्बोधनमा स्पष्ट रूपमा उठाइएको डा केसीको विश्लेषण छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको ...
बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र...
कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

बुटवल। कसौधन समुदायका सदस्यहरूले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन्। कसौधन सेवा समिति, महिला समि...
आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

बुटवल । आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले आफ्नो २८ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका विच मनाएको छ । अस्पतालल...

यो पनि पढौँ

छुटाउनुभयो कि?