Skip to main content

Batauli News

Advertisement

Blog

नेपाल भलिबल लिग (एनभीएल) को ट्रफी सार्वजनिक

नेपाल भलिबल लिग (एनभीएल) को ट्रफी सार्वजनिक

काठमाण्डाै । पहिलो पटक हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभीएल) को ट्रफी सार्वजनिक भएको छ । ललितपुरको पाटन दरबार क्षेत्रमा एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ट्रफी सार्वजनिक गर्नुभएको हो । यो ट्रफी भक्तपुर दरबार क्षेत्र र काठमाण्डौको वसन्तपुर दरबार क्षेत्रमा पनि प्रदर्शन गरिनेछ । एनभीएलको पहिलो संस्करण यही भदौ १९ देखि २७ गतेसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने तयारी छ । यसअघि यो प्रतियोगिता भदौ ४ गतेदेखि १३ गतेसम्म हुने तयारी थियो । तर आयोजक केडिया ग्रुपले गएको शुक्रवार नयाँ मिति तय गरेको हो । पहिलो संस्करणमा ६ वटा फ्रेन्चाइज…
Read More
साईकलसहित उत्कृष्ट विद्यार्थी सम्मानित

साईकलसहित उत्कृष्ट विद्यार्थी सम्मानित

भैरहवा, ७ भदौ । रुपन्देहीको कोटहीमाई गाउँपालिका–६ निवासी राहुल यादवले गाउँपालिकाभित्र कक्षा १२ उत्तीर्ण गरेका चारजना उत्कृष्ट विद्यार्थीलाई साईकलसहित सम्मान गर्नुभएको छ । त्यस्तै उहाँले गाउँपालिकाभित्रका १२० जना विद्यार्थीलाई सम्मान गर्नुभएको हो।  कोटहीमाई गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरिएको हो । २०८३ सालमा सञ्चालित कक्षा १२ को परीक्षामा कोटहीमाई गाउँपालिकाभित्रका चारवटा विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने चारजना विद्यार्थीलाई साइकल उपहारसहित सम्मान गरिएको थियो । श्री मर्चवार आदर्श माध्यमिक विद्यालयबाट कक्षा १२ को परीक्षामा ३ दशमलव ११ जीपीए ल्याउनुभएकी गुडिया गुप्ता बनिया उक्त विद्यालयकी उत्कृष्ट विद्यार्थीका रूपमा सम्मानित हुनुभएको थियो ।
Read More
नागढुंगा सुरुङमार्गमा आजदेखि ९ सिटसम्मका निजी गाडीका लागि पनि आवागमन खुला

नागढुंगा सुरुङमार्गमा आजदेखि ९ सिटसम्मका निजी गाडीका लागि पनि आवागमन खुला

काठमाण्डौ, ८ भदौ । ।। नागढुंगा सुरुङमार्गमा आजदेखि ९ सिटसम्मका निजी गाडीका लागि पनि आवागमन खुला गरिएको छ । यसअघि आपतकालीन गाडीका लागि मात्र खुला रहेको सुरुङमा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म कार, जिप र भ्यानलाई परीक्षणका रूपमा चल्न दिइएको हो । सुरुङमार्ग सुरक्षा युनिटका अनुसार अहिलेका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । गुर्जुधारामा रहेको फ्लाइओभर पनि सञ्चालनमा ल्याइएको छ । सुरुङभित्र अधिकतम गति प्रतिघण्टा ४० किलोमिटर तोकिएको छ । सुरुङभित्र ओभरटेक गर्न र गाडी रोक्न पाइने छैन । पैदलयात्री, दुईपाङ्ग्रे तथा प्रज्वलनशील पदार्थ बोकेका गाडीलाई भने सुरुङमार्गमा प्रवेश निषेध गरिएको छ ।  झण्डै २९ अर्ब रुपैयाँको लागतमा निर्मित २…
Read More
बस्ती नजिकैबाट वयस्क पाटेबाघ नियन्त्रणमा

बस्ती नजिकैबाट वयस्क पाटेबाघ नियन्त्रणमा

बर्दिया,  ८ भदौ। बर्दियाको गेरुवा गाउँपालिकामा समस्याग्रस्त पाटेबाघ नियन्त्रणमा लिइएको छ । गेरुवा गाउँपालिका वडा ४ गोलास्थित बस्ती नजिकैबाट वयस्क पाटेबाघ नियन्त्रणमा लिइएको हो । लामो समयदेखि घरपालुवा जनावरलाई आक्रमण गर्ने, मानव वस्तीको छेउछाउमा देखा पर्ने गरेको थियो । करिब एक महिनाको प्रयासमा पाटेबाघ नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय निकुञ्ज बन्जरीया पोष्टका रेन्जर रतिमान रावतले बताउनुभयो । उहाँले बस्ती नजिक बसेर दुःख दिने गरेकाले नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । पाटेबाघ करिब ८ वर्षको भाले रहेको छ । बाघ नियन्त्रणमा लिन प्राविधिक उद्धार टोली, बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष  वन कार्यालय तथा स्थानीयवासी लगायतको महत्वपूर्ण सहयोग रहेको उहाँले बताउनुभयो । दिनहुँ…
Read More
श्री भैरव बुटवलमा चेतक सी २५०१ र सी ३५०३ को  विक्रि वितरण सुरु

श्री भैरव बुटवलमा चेतक सी २५०१ र सी ३५०३ को विक्रि वितरण सुरु

बुटवल, ७ भदौ । बजाजको चेतक इलेक्ट्रीक स्कुटरका दुई नयाँ मोडल आइतबार बुटवलमा सार्वजनिक गरिएको छ । बुटवलमा श्री भैरव अटोमोवाइल्स प्रालिले चेतकका नयाँ भेरियन्टको विक्रि वितरण सुरु गरेको हो । नेपालका लागि बजाज चेतकको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले चेतक सी २५०१ र सी ३५०३ दुई मोडल नेपालमा भित्राएको हो भने बुटवलमा श्री भैरवले विक्रि वितरण थालेको हो । कम्पनीले चेतक सी २५०१ को मूल्य २ लाख ८१ हजार ९०० रुपैयाँ र सी ३५०३ को ३ लाख ३९ हजार ९०० रुपैयाँ तोकेर बिक्री थालेको हो । हाल नेपालमा चेतकको सी ३५०१ मोडल मात्रै बिक्री हुँदै आएकोमा कम्पनीले थप…
Read More
देवदहमा ‘उद्यम प्रवर्धन’ कार्यक्रम अन्तरगत २७ युवा उद्यमीलाई सम्मान

देवदहमा ‘उद्यम प्रवर्धन’ कार्यक्रम अन्तरगत २७ युवा उद्यमीलाई सम्मान

बुटवल, ७ भदौ । । युवालाई उद्यमशीलता, स्वरोजगार र व्यक्तिगत विकासतर्फ प्रेरित गर्ने उद्देश्यले देवदहमा उद्यम प्रवर्धन कार्यक्रम गरिएको छ । कार्यक्रमका अवसरमा देवदहका २७ जना उद्यमीलाई सम्मान समेत गरिएको आयोजकले जनाएको छ । देवदह नगरपालिका वडा नम्बर ५ ले आयोजना गरेको कार्यक्रममा स्थानीयस्तरमै उद्यम सञ्चालन गरी रोजगारी सिर्जना तथा आर्थिक विकासमा योगदान पुर्‍याएको भन्दै २७ जना उद्यमीलाई सम्मान गरिएको हो । सम्मानित उद्यमीहरूले आफ्नो व्यवसायमार्फत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना गर्दै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन योगदान पुर्‍याएको आयोजकले जनाएको छ । कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले आफ्नो सफलता यात्राको अनुभव सुनाउँदै जीवनमा सफलता प्राप्त गर्न…
Read More
नयाँ भन्दा प्रतिलिपि नागरिकता लिने बढी

नयाँ भन्दा प्रतिलिपि नागरिकता लिने बढी

तम्घास, ७ भदौ ।  गुल्मीमा नयाँ भन्दा प्रतिलिपि नागरिकता लिनेको सङख्या बढी रहेको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका  अनुसार गत सोमबारदेखि शुक्रबारसम्म एक सय ३१ जनाले नयाँ नागरिकता बनाउँदा एक सय ४७ जनाले प्रतिलिपि लिएका छन् । बैङ्कमा खाता खोल्दा वा राष्ट्रिय परिचयपत्र बनाउँदा पहिले भएका कमी कमजोरीहरु देखा पर्ने गरेका कारण पनि प्रतिलिपि लिनेको सङख्या बढेको हो । यसका साथै नागरिकताको जतन नगर्दासमेत केही समस्याहरु देखा पर्ने गरेको कार्यालयले जनाएको छ । उक्त अवधिमा चार जनाको नावालक परिचय पत्र, राहदानीको आवेदन संकलन १६७, राहदानी वितरण ३३, राष्ट्रिय परिचयपत्रको आवेदन सङकलन ३४७, राष्ट्रिय परिचयपत्र वितरण २४६, दलित, जनजाति, पारिवारिक विवरण तथा…
Read More
भिरबाट लडेर एक पुरुषको मृत्यु

भिरबाट लडेर एक पुरुषको मृत्यु

गुल्मी, ८ भदौ । गुल्मीमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। यस जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर–४ जोखुमस्थित भाङखर्कका अन्दाजी ६५ वर्षीय फटिक बहादुर पुनको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्रवीर विश्वकर्माका अनुसार सोमबार बिहान करिब ७ः३० बजेको समयमा जोखुमबाट भाङखर्क जाने ठाडो पैदल गोरेटो बाटोबाट खसेर मृत्यु भएको हो। उक्त गोरेटो बाटोबाट करिब १५० मिटर तल भित्री कच्ची सडकको कुनामा खसेका थिए। कच्ची सडकको कुना साइडमा खसि लडि उत्तानो मुत्यु अवस्थामा रहेको प्रहरीले उहाँले जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय…
Read More
कपिलवस्तुमा १५ किलो लागुऔषध बरामद, ६ जना पक्राउ

कपिलवस्तुमा १५ किलो लागुऔषध बरामद, ६ जना पक्राउ

कपिलवस्तु, ८ भदौ । कपिलवस्तु प्रहरीले छुट्टाछुट्टै घटनामा १५ किलोभन्दा बढी लागुऔषध बरामद गरी छ जनालाई पक्राउ गरेको छ। प्रहरीले कृष्णनगर र चन्द्रौटाबाट ठुलो परिमाणमा चरेस र अफिमजस्तो देखिने पदार्थ बरामद गरेको हो। कृष्णनगर नगरपालिका–२ स्थित पुरानो बसपार्कमा चेकजाँच गर्ने क्रममा भारततर्फ जाँदै गरेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूको साथबाट चरेसजस्तो देखिने कालो गिलो पदार्थ पाँच किलो २२५ ग्राम र अफिमजस्तो देखिने गिलो पदार्थ १० किलो बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका–३ की ३४ वर्षीया रतिमा रोका, कपिलवस्तुको विजयनगर गाउँपालिका–४, ज्योतिनगरकी ४५ वर्षीया फनिसरा सारु र ५६ वर्षीया नन्सरी घर्ती मगर,…
Read More
अपेन लुम्बिनीद्वारा विद्यालयको संस्थागत क्षमता विकास कार्यक्रम

अपेन लुम्बिनीद्वारा विद्यालयको संस्थागत क्षमता विकास कार्यक्रम

बुटवल, ७ भदौ । विद्यालयहरूको व्यावसायिक समृद्धि, संस्थागत एकता तथा क्षमता अभिवृद्धिका लागि कर प्रणाली, श्रम ऐन तथा सामाजिक सुरक्षा कोषसम्बन्धी जानकारीमूलक तालिम आइतवार बुटवलमा भएको छ । एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन), लुम्बिनी प्रदेश समितिको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा रूपन्देही, कपिलवस्तु र नवलपरासीका पूर्वप्राथमिक तथा प्राथमिक तहका करिब ५० जना शिक्षकहरुको सहभागी रहेको अपेनका प्रदेश कोषाध्यक्ष नितु श्रेष्ठले जानकारी दिनुभयो। तालिममा कर प्रणालीसम्बन्धी विषयमा कर अधिकृत भीमप्रसाद सापकोटा, श्रमसम्बन्धी विषयमा श्रम विभागका प्रशिक्षक होम पाण्डे तथा सामाजिक सुरक्षा कोषसम्बन्धी विषयमा केदार पौडेलले प्रशिक्षण दिनुभएको थियो । अपेन प्रदेश अध्यक्ष सरस्वती ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष…
Read More