Skip to main content

Batauli News

Advertisement

युवा अभियानमा सक्रिय आयुशाले काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिने

Advertisement

बटौली न्यूज

रुपन्देही । प्रदेश युवा परिषद् सदस्य हुँदै राष्ट्रिय युवा परिषद् सदस्यको जिम्मेवारी सम्हालेकी २८ वर्षीया आयुषा कँडेल (टिका) नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार बनेकी छन्। उनी रुपन्देही क्षेत्र नं. १ बाट युवा महिला महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवार बनेकी हुन्।

युवा नीति, नेतृत्व विकास, महिला सशक्तीकरण, उद्यमशीलता तथा सामाजिक सरोकारका विषयमा सक्रिय रहँदै आएकी कँडेलले आफ्नो राजनीतिक यात्रालाई युवाको सहभागिता र महिलाको नेतृत्वसँग जोड्दै आएकी छन्।

कोरोना महामारीका साथै भोटेकोशी बाढी, बाढी–पहिरो तथा भूकम्पजस्ता विपद्का समयमा युवाको भूमिका र सामाजिक सहयोगका विषयमा सक्रिय रहँदै आएकी कँडेलले विपद् व्यवस्थापनमा युवाको सहभागिता अझ प्रभावकारी बनाउनुपर्ने बताउँदै आएकी छन्। न्याय, महिला अधिकार, सामाजिक सशक्तीकरण तथा युवाका सवालमा समेत उनले आवाज उठाउँदै आएकी छन्।

कँडेलले महाधिवेशन प्रतिनिधिका रूपमा आफ्नो उम्मेदवारीसँगै अग्रजको सम्मान, युवाको सहभागिता र महिलाको नेतृत्वलाई मुख्य आधार बनाएकी छन्। उनले नेपाली कांग्रेसको गौरवपूर्ण इतिहास र अग्रजहरूको योगदानलाई सम्मान गर्दै नयाँ पुस्ताको अपेक्षालाई समेत पार्टीको नीति र निर्णय प्रक्रियासँग जोड्नुपर्ने बताएकी छन्।

उनको प्रतिबद्धतामा महिलाको अर्थपूर्ण सहभागिता, युवाको नेतृत्व र पुस्तान्तरण, विचार तथा संस्थामा आधारित कांग्रेस, जनतासँग निरन्तर जोडिएको संगठन, संगठन सुदृढीकरण र पारदर्शिता, डिजिटल तथा आधुनिक कांग्रेस तथा सुशासन र जवाफदेहिताका विषय समेटिएका छन्।

युवालाई भविष्यको नेतृत्वका रूपमा मात्र नभई आजकै नीति निर्माण र निर्णय प्रक्रियाको साझेदार बनाउनुपर्ने कँडेलको धारणा छ। योगदान, क्षमता र सक्रियताका आधारमा युवालाई अवसर र जिम्मेवारी दिनुपर्ने उनको जोड छ।

त्यस्तै, महिलालाई सहभागिताको संख्यामा मात्र सीमित नराखी पार्टीको नीति निर्माण, निर्णय प्रक्रिया र नेतृत्व तहमा अर्थपूर्ण भूमिका दिनुपर्ने उनी बताउँछिन्।

कँडेलले पार्टीभित्र व्यक्ति वा गुटभन्दा विचार, नीति, विधान र संस्थालाई प्राथमिकता दिने राजनीतिक संस्कार आवश्यक रहेको बताउँदै फरक विचार र आलोचनालाई सम्मान गर्दै आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्ने धारणा राखेकी छन्।

उनको प्रतिबद्धतामा किसान, श्रमिक, विद्यार्थी, महिला, युवा, उद्यमी तथा विदेशमा रहेका नेपालीका मुद्दालाई प्राथमिकताका साथ उठाउने विषयसमेत समेटिएको छ। वडा तहदेखि केन्द्रसम्म संगठनलाई सक्रिय, पारदर्शी, जवाफदेही र जनमुखी बनाउन पहल गर्ने उनको प्रतिबद्धता छ।

डिजिटल माध्यमलाई प्रचारमा मात्र सीमित नगरी जनगुनासो, संवाद र नीति सुझाव आदानप्रदानको माध्यमका रूपमा विकास गर्नुपर्ने कँडेलको भनाइ छ। भ्रष्टाचार, अनियमितता र सार्वजनिक स्रोतको दुरुपयोगविरुद्ध आवाज उठाउँदै नेतृत्वलाई जनताप्रति जवाफदेही बनाउने लोकतान्त्रिक संस्कार विकासमा योगदान गर्ने उनले बताएकी छन्।

“पद मेरो लक्ष्य होइन, जिम्मेवारी मेरो प्राथमिकता हो। व्यक्ति होइन, विचार र संस्था मेरो आधार हो। गुट होइन, संगठन मेरो प्रतिबद्धता हो,” कँडेलले आफ्नो प्रतिबद्धतामा भनेकी छन्।

रुपन्देही क्षेत्र नं. १ का अग्रजहरूको अनुभव, महिलाको शक्ति र युवाको नयाँ सोचलाई एकसाथ जोड्दै नेपाली कांग्रेसलाई अझ बलियो, समावेशी र जनमुखी बनाउन आफूले इमानदार, सक्रिय र जवाफदेही भूमिका निर्वाह गर्ने कँडेलको प्रतिबद्धता छ।

प्रदेश युवा परिषद् सदस्यदेखि राष्ट्रिय युवा परिषद् सदस्य हुँदै कांग्रेस महाधिवेशन प्रतिनिधिको उम्मेदवारीसम्मको उनको यात्रा अहिले रुपन्देही–१ मा युवा महिला नेतृत्वको चर्चासँग जोडिएको छ

प्रतिक्रिया

सम्बन्धित खबर

बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र...
कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

बुटवल। कसौधन समुदायका सदस्यहरूले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन्। कसौधन सेवा समिति, महिला समि...
आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

बुटवल । आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले आफ्नो २८ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका विच मनाएको छ । अस्पतालल...
मौसममा क्रमिक सुधार हुदैँ, अब धान काट्न सकिने

मौसममा क्रमिक सुधार हुदैँ, अब धान काट्न सकिने

काठमाण्डौ, १५ कार्तिक । मौसममा क्रमिक सुधार हुन थालेको छ । आइतबार बिहान तराई क्षेत्र विशेष गरी पश्चिम र मध्य तराईमा बाक्लो हुस्सु÷...

यो पनि पढौँ

छुटाउनुभयो कि?