२०८३ आश्विन १०
२०८३ आश्विन १०
काठमाण्डौ, १० असोज । बंगालको खाडीमा उत्पन्न न्यून चापीय प्रणालीको प्रभाव पूर्वी नेपालमा क्रमशः कम हुँदै गए पनि पश्चिम नेपालमा भने आइतबारसम्म कायमै रहने भएको छ । मौसम विज्ञान विभागका अनुसार, विशेष गरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश ठाउँमा आज दिउँसोसम्म मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना छ । लगातार तीन दिनदेखिको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरोले ठूलो क्षति पु¥याएको छ भने एक जनाको ज्यान गएको छ । लगातारको वर्षापछि बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर ५ मा पहिरोले घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको ज्यान गएको छ । नारायणी नदीको बाढी पसेर पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ जलमग्न…
